साबित्रि रोकाया,बाजुरा — लामो समयसम्म जिल्ला कारागारको भवनको पुन निमार्ण नहुँदा भवन जिर्ण बन्दै गएको छ । २०३९ सालमा निर्माण गरिएको बाजुरा कारागार पुरानो भएकाे छ ।कारागारको भवन निमार्ण भएदेखि यता अर्को कुनै पनि नँया भवनको निमार्ण हुन नसक्दा उक्त कारागारको भवन पुरानो हुदै गएको छ । त्यहि जिर्ण बज्दै गएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएका छन । भवनको अबस्था जिर्ण बन्दै गएकोले कैदीबन्दीहरुलाई राख्नको लागी अन्य ठाँउमा उतिच ब्यबस्थापन नभएका कारण क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको जिल्ला कारागार बाजुराले जनाएको छ ।
उक्त कारागारमा २५ जना कैदी बन्दीको लागी क्षमता भएको भएतापनि कारगारमा ६१ जना कैदीबन्दी राख्नु परेको कारगार बाजुराले जनाएको छ । कैदीबन्दीहरु राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत निकै समस्या रहेको भुकम्प तथा अन्य बिपतको बेला उक्त जिर्ण भवनमा बस्न लाएक नभएको कारागारमा बस्दै आएका कैदीबन्दीले गुनासो गरेका छन् ।२०३६ सालमा निर्माण भएको जिल्ला कारागार बाजुरामा २ वटा पुराना घर रहेका छन्। उक्त कारागारको जीर्ण भवनमा कैदीबन्दी अटाई नअटाई बसिरहेका छन्। जिल्ला कारागारको भौतिक संरचना निकै पुरानो भएका कारण कुनै ठुलो बिगत गएको बेला उक्त भवनमा बसीयको छ भने ज्यानै जोखिममा रहने कैदीबन्दीहरुले बताए ।उक्त कारागारको भवन हातैले भत्किने खालको रहेको छ।
सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६३२ जना बन्दी राख्ने क्षमता रहेको भएतापनि कुनै ठाँउमा भवनको अबस्था निकै जिर्ण रहेका कारण क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेको छ । सुदुरपश्चिमका कारागारमा १ हजार ७०६ बन्दी रहेका छन्। सुदूरपश्चिममा सबैभन्दा बढी १५० जना कैदी राख्ने क्षमता कैलाली जिल्ला कारागारको हो। तर, बुधवारसम्म कैलाली जिल्ला कारागारमा ६९२ जना बन्दी राखिएका छन। बैतडी कारागारमा ७७ जना, बझाङ कारागारमा ७० जना र अछाम कारागारमा ८४ जना कैदी राखिएको छ।क्षमता भन्दा बढी कैदीबन्दी राख्दा बन्दीहरूलाई खाने, बस्ने, सुत्ने, सरसफाइ साथै सुरक्षा जोखिम रहेको पाइन्छ । जिल्ला बाजुराको कारागारमा पनि यो समस्या निकै रहेको पाईन्छ । आफुहरुको सहयोगको लागी मात्रै नभई पछिल्लो समयमा आउने कैदीबन्दीहरुको लागी भएतापनि नँया भवनको निमार्ण गर्नु गर्ने आबश्यक रहेको कारागारमा रहेका कैदीबन्दीहरुले बताएका छन ।











