
कञ्चनपुर:– कञ्चनपुरमा सशस्त्र प्रहरीले ५ लाख बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट बेलौरी र गड्डाचौकीबाट खटिएको टोलिले भारतबाट नेपाल भित्र्याउँदै गरेको बिडी, सुर्ती, मल, बिउबिजन, साइकलको पार्टपुर्जा र मोटरसाइकल गरी ५ लाख ३६ हजार ४८२ मूल्य बराबरको सामान बरामद गरेको हो।
बरामद गरिएका सामानलाई आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी बल कञ्चनपुरले जनाएको छ।