बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजना र हिमाली गाउँपालिकाको समन्वयमा नागरिकले पाउने सेवा र सुबिधामा बारे एक दिने अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिकामा सम्पन्न भएको छ । हिमाली गाउँपालिकाका सभाहलमा संचालन भएको कार्यक्रम प्रहरीबाट नागरिकले पाउने सेवा सुबिधा बिषयमा एक दिने अन्तरक्रिया सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले गर्नु भएको थियो । प्रमुख अतिथिमा माननिय जिल्ला न्यायधिश लालकाजी श्रेष्ठ रहनु भएको थियो भने बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष राजकला सार्की , प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , जिल्ला अदालतका श्रेस्तादार पुस्पराज पाण्डे ,जिल्ला बन कार्यालयका प्रंमुख भोजराज पाठक,जिल्ला प्रहरी कार्यालयका डि.यस.पि. कबिन्द्र सिं बोहरा हिमाली गाउँपालिकाका सातै वडाका वडाध्यक्ष ,बजार ब्यबस्थापन समितिका अध्यक्ष रहनु भएको थियो । उक्त कार्यक्रममा बुद्घीजिबि समाजसेबि लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा आम नागरीक तथा सरोकारवाला निकाय बिच नागरिकले पाउने सेवा र सुबिधामा बारेमा अन्तरक्रिया गरिएको हिमाली गाउँ पालिकाका प्रबक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष भिमानन्द पाण्डेले जानकारी दिनु भएको छ ।











