बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको दुर्गम गाउँ मुक्तिकोटमा पहिलो पटक सरकारी टोली पुगेको छ । वाढि पहिरोबाट प्रभावित वर्षेनि प्रभावित हुदै आएको स्वामीकार्तिकको मुक्तिकोट लगायतका कर्णाली आसपासका वस्तिमा पहिलो पटक आज सरकारी टोली पुगेको हो । वर्षेनि पहिरोबाट जोखिम हुदै आएको मुक्तिकोट लगायतका वस्तिलाई वस्ति स्थान्तरणको स्थलगत अध्ययनका लागि जिल्ला स्थीत सरकारी तथा गैरसरकारी टोली आज त्यहाँ पुगेर फर्किएको पत्रकार अनिल शाहीले जानकारी दिनुभयो । हाल सम्म उच्च निकायका पदाधिकारी पुग्न नसकेको मुक्तिकोटमा वस्ति स्थान्तरणको स्थलगत अवलोकनाका लागि आज पहिलो पटक सरकारी टोली पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अनुगमन टोलीमा जिल्ला अदालत बाजुराका न्यायधिस लालकाजी श्रेष्ठ, श्रेस्तदार पुष्पराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी भीमाकान्त पौडेल, डिएसपी कविन्द्रशिहं वोहरा, नेकपा एकिकृत समाजवादि बाजुराका उपसचिव धर्मबहादुर शाही, रेडियो बुढीनन्दाका अध्यक्ष जनेश भण्डारी, प्रवन्ध निर्देशन अनिल शाही, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर रोकाया, सुचना अधिकारी कुमेर बहादुर शाही लगायतको टोली मुक्तिकोट लगायतका वस्तिमा पुगेको छ ।
टोलीले पहिरोबाट प्रभावित वडा न एकका मुक्तिकोट, खोली, खोलाहाँ र माझवाडा लगागतका वस्तिको अवलोकन गरी एकिकृत वस्ति निमार्णका लागि स्थलगत अनुगमन गरेको टोलीमा संलग्न पत्रकार शाहीले बताउनुभयो । पहिरोबाट प्रभावित वस्तिलाई तत्काल स्थान्तरण गर्नका लागि अनुगमन गरीएको उहाँले बताउनुभयो । टोलीले जोखिमयुक्त सवै वस्तिको स्थलगत अनुगमन गरेर कुन ठाउँ उपयुक्त छ भन्ने प्राविधिक रीपोर्टका आधारमा वस्ति स्थान्तरणको कार्य सुरु हुने बताउनुभयो । पहिलो चरणको अनुगमन कार्य सम्पन्न भएकाले अव वस्ति ब्यवस्थापनको तयारी सुरु हुने पनि जानकारी निुभएको छ ।
पहिरोबाट हैरनि खैप्दै आएका स्थानियले तत्काल वस्ति स्थान्तरणको पहल गरी उपयुक्त ठाउँमा स्थान्तरण गरीदिन आग्रह गरेका छन । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको पहलमा प्रभावित वस्तिलाई सुरक्षित स्थानमा वस्ति विकाश गर्ने उदेश्य अनुरुप कार्य सञ्चालन भईरहेको पत्रकार शाहीले बताउनुभएको छ ।
नेपालकै सवै भन्दा वढि गरीवि, अशिक्षा, भोकमरी र विकटता रहेको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट लगायतका वस्ति तत्काल स्थान्तरण गरी नागरीकलाई सुरक्षित आवास दिलाउन पहल भईरहेको छ । स्थानिय सरकारले दुई वर्ष विति सक्दा पनि वस्ति स्थान्तरणका लागि कुनै पनि पहल गर्न सकिरहेको छैन ।
मावन विकाश सुचकांकको पुछारमा रहेको स्वामीकार्तिक गाउँपालिकामा, रोक, भोक, अभाव र अनिकालले वर्षेनि सताउने गरे पनि कुनै उत्पादनमुखि तथा रोजगार मुखि कार्यक्रम सञ्चालन हुन नसक्दा वर्षेनि खाद्य संकटको समस्याले सताउने गरेको छ ।
अर्काे रोजगारीका अवसर सुजना नहुदा वर्षेनि कमाईका लागि भारत पस्नेको लर्काे लाग्ने गरेको छ । एक जना स्थानियका अनुसार यसै वर्ष मात्रै पाचँ वडा रहेको गाउँपालिकाको वडा नं एकबाट मात्रै करीव दुई सय स्थानिय रोजगारीको अवसर खोज्दै जिल्ला वाहिरीएका छन । सिचाई सुविधा नहुदा कमाई खाने जमिन बाजाै राखेर गाउँका युवा देखि, वृद्धवृद्धा सम्म परीवार पाल्नकै लागि विरानो मुलुक पस्ने गरेका छन । वर्षेनि युवा जनशक्ति रोजगारीका लागि वाहिरीने गरे पनि गाउँपालिकाले कुनै ठोस योजना बनाउन नसकेको स्थमनियको गुनासो छ ।
रेडियो बुढीनन्दा कोल्टी बाजुरा