बाजुराः जिल्लाको गौमुल गाँउपालिका वडा.नं २ सियाढुङ्गामा रहेका आर्थिक अबस्था कमजोर भएका बिपन्न,सहारा बिहिन तथा भुकम्प पिडितहरुलाई लायन्स क्लब अफ काठमाण्डौ मिरमिरे ले न्यानो लुगाकपडा बितरण गरेको छ । गाँउपालिकाको सियाढुङ्गा मा रहेका आर्थिक अबस्था तथा सहारा बिहिन र भुकम्प पिडितहरुलाई चिसोको समयमा थोरै भएतापनि राहत स्वरुप न्यानो लुगाकपडा बितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ मिरमिरेले जनाएको छ ।
नेपाली काँग्रेस गौमुल गाँउपालिका सभापति राज बहादुर धामी,नेपाली काँग्रेसका नेता हिरेन्द रोकायाको समन्वयमा सियाढुङ्गामा रहेका स्थानियहरुलाई न्यानो लुगाकपडा बितरण गरीएको छ । चिसोको समयमा सहाराबिहिन,भुकम्प पिडित तथा आर्थिक अबस्था कमजोर भएका स्थानियहरुलाई लुगा बितरण गरेकोमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीले लुगा बितरण गर्ने लायन्स क्लब अफ काठमाण्डौ मिरमिरे लाई धन्यबाद समेत दिनुभयो । यो चिसोको समयमा क्लबले भुकम्प पिडित,सहारा बिहिनहरुलाई लुगा बितरण गर्दा तिनिहरुलाई थोरै भएतापनि राहत मिलेको शाहीले बताए । समाज बिकाशको निम्ति सामाजिक कार्यको थालनीमा लाग्न पनि उहाँले क्लबलाई शुभकामना दिएका छन ।
सियाढुङ्गामा रहेका बिपन्न तथा सहाराबिहिन, भुकम्पपिडतहरुले यो चिसोको समयमा धेरै पिडा भोगीरहेको खबर प्राप्त हुँदा आफु लगायत नेपाली काँग्रेस गाँउपालिका सभापति राज बहादुर धामी दुबैको समन्वयमा लायन्स क्लबलाई समन्वय तथा सहकार्य गरी न्यानो लुगाकपडा बितरण गरीएको नेता हिरेन्द्र रोकायाले बताउनुभएको छ । पालिकामा रहेका १०० भन्दा बढी सहारा बिहिन भुकम्प पिडितहरुलाई ज्याकेट,कम्बल,ब्यालेन्केट लगायत अन्य सामाग्री हस्तान्तरण गरीएको नेता रोकायाले जानकारी दिनुभयो । चिसोको समयमा न्यानो लुगाकपडा पाँउदा सहाराबिहिन भुकम्प पिडितहरुले खुसी ब्यक्त गर्दे सहयोगी क्लबलाई धन्यबाद समेत दिएका थिए ।
यो चिसोको समयमा थौरै भएतापनि राहत बाँड्न पाँउदा खुखी लागेको आयोजब लायन्स क्लब अफ काठमाण्डौ मिरमिरेले जनाएको छ। फेरी पनि आर्थिक अबस्था कमजोर भएका सहारा बिहिन तथा भुकम्प पिडितहरुको लागी क्लब सधै लागी पर्नेृ क्लबले प्रतिबद्धता समेत जनाएको छ । सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीको प्रमुख आतिथ्यमा उक्त लुगाकपडा बितरण गरीएको थियो । उक्त लुगाकपडा बितरण कार्यक्रममा नेपाली काँग्रेस गौमुल गाँउपालिका सभापति राज बहादुर भण्डारी,नेता हिरेन्द्र रोकाया,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी तथा गैरसरकारी कायाृलयका प्रमुख एवप् प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार लयात अन्य स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।