
राम बहादुर दानी: गाैमुल गाँउपालिकाको कार्यालयबाट करिव ६ किलोमिटरको दुरीमा रहेको काल्चे भिरमा पर्ने बाटाे निर्माण पूरा भएको ४५ दिन मै नदिले कटान गरेर वाल भत्किद अावत जावतमा कठिनायी परेको छ । विगत लामो समय देखि गौमुलका सिम, मल्दुगुन, तल्दुगुन, अम्लिस, माणी, अन्द्राणी लगायतका बिकट ठाउँ सम्म जोड्न सडक ठुलो कठिनायीको चुनौतिका साथ निर्माण भएको थियो । बर्सेनि अाउने बुढिगँगाकाे बहाकले कटान गरणदै जाँदा साे ठाँउमा कटान गर्दै गन्तव जाने वाटाे अवराेध हुँदै अाएकाे छ । यसरी सहज तरिकाले गन्तव सम्म पुग्ने सपना बाेकेका गाैमुलका स्थानियहरु चक्नाचुर हुँदै गएका छन ।
पटक पटकको बुढीगँगा नदिले ठाँउठाउमा कटान गरि धनजनको ठुलो क्षेति भएको थियो । यो बर्ष पनि सो ठाँउमा निर्माण कार्य पूरा भएको ४५ दिन भित्रै उक्त ठाँउको सडक तहस-नहस हुने गरि भत्काएको छ ।
लामो समय देखि भिरमा काठको सिडिवाट चढेर आवत जावत गर्दै आएको सो ठाँउमा निर्माण कार्य हुँदै गर्दा खोलाबाटै करिव १०० मिटरको लामो काठे सिडि लगायर जोखिम यात्रा गर्नु परेको थियो ।
यसरी याे बर्षादमा फेरि पनि गौमुल गाँउपालिकाका अधिकाँश बिकट ठाँउमा आवत जावत गर्न केही सहजताको अनुभूति भएता पनि यति खेरको सोठाँउमा निर्माण भएको वाटो भत्किदा उक्त ठाँउका जनताहरुमा निरासा आएको छ ।
गौमुल गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाका अनुसार वर्ष वर्ष निर्माण गर्दै जाँदा ठुलो बजेटको खर्च भैसकेको तर पनि निर्माण गरिएकाे बाटाे नदिले राख्न दिएन आगामी दिनहरुमा पनि बुढिगँगा नदिले सो ठाँउमा निकै नै ठुलो क्षति पुर्याउन सक्ने भएकोले नदि भित्रैबाट कयौँ मिटर तलबाट पक्कि बाल उटाउनु परेको बताए ।