बाजुरा: बाजुराको हिमाली गाँउपालिकाको १,२ र ३ नम्मर वडामा एक सयको नुन लिनको लागी २ हजार भन्दा बढि खर्च हुने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा रहेको उक्त वडाको विच्छामा एक सयको नुन लिन मात्र दुई हजार भन्दा बढि खर्च हुने गरेको हो ।मानव अधिकार र सामाजिक न्यायका निम्ति अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बाजुराका अनुशार दुर्गम गाँउ विच्छाका नागरिकले एक सयको नुन लिनका लागी मात्र एक जनाले दुईहजार भन्दा बढि रुपैँया खर्च गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
हिमाली गाँउपालिकाबाट विच्छा गाँउमा पुग्न सुविधायुक्त यातायात नभएको र आवतजात गर्न भाडा बढि लाग्ने भएका कारण यस्तो समस्या हुने गरेको छ । विच्छाका नागरिकहरु केहीले काँही यातायातको सुविधा नपाएर एक दिन पैदल यात्रा गरेर नुन लिन धुराचौरमा पुग्ने गरेका छन् । त्यसकारण एक सयको नुन लिन मात्र दुईहजार भन्दा बढि लाग्ने गरेको स्थानियहरुले बताएका छन् ।त्यहाँका नागरिकले नुन लिन निकै सास्ती भोगिरहेका बेला राज्य बेखवर बनेको ईन्सेक जिल्ला प्रतिनिधी पदम बहादुर सिंहले बताउनु भयो । विच्छाका नागरिकले चाडै सर्वसुलभ तरिकाले सेवा,सुविधा पाउने पर्ने बेलामा पनी एक सयको नुन लिन दुईहजार भन्दा बढि खर्च गर्नुपर्ने अवस्था रहेको ईन्सेक नेपालको तथ्याङ्क प्रतिवेदनमा देखाएको छ ।
त्यस्तै ईन्सेकले अभिलेखीकरण गरेका जर्बजस्ती करणी उद्योग सम्बन्धिका घटनाहरु एक बर्षको अबधीमा कुनै फैसला नभएको बताएको छ । १ जनवरी २०२३ देखी डिसम्वर सम्मको तथ्याङ्क प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहतका कार्यालयमा निवेदन गरे अनुशार घरेलु् हिंसा तथा लैङगिक हिंसा सम्बन्धि अधिकांश घटनामा मिलमिलाप गरेको पाईएको छ ।
अहिले बाजुरामा ५ वटा घटनाका प्रकारहरु छन् । जसअनुशार जवरजस्ती करणी,जवरजस्ती करणी उद्योग,घरेलु हिंसा,जातिय छुवाछुत र बहुबिबाह सम्बन्धि घटानाका प्रकार रहेका छन् । जवरजस्ती करणीका घटना १० वटा ,जवरजस्ती करणी उद्योग ३ वटा ,घरेलु हिंसा ४२ वटा ,जातिय छुवाछुत ३ वटा र ६ वटा बहुबिबाह गरी ६४ वटा घटाना छन् ।यस्तै यता बास्तविक भूकम्प पिडितहरुले सेवा,सुबिधा नपाएको गुनासो गरिएको छ । भुकम्पका कारण विस्थापित भैई चिसो मौसममा खुला आकाश मुनी नागरिक बास बसिरहेका छन् । तर पिडित नागरिकलाई राज्यले नहेरहेको ईन्सेक नेपालले बताएको छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी रामप्रशाद तिमिल्सेनाका अनुशार ईन्सेक नेपालको प्रतिवेदनमा समेटिएका सबै सवालहरु जाएज रहेको बताउनु भयो । यसमा जिल्ला प्रशासन कार्यालय बाजुराले नागरिकहरुका सवाल र असहजस्ताका बिषयमा पहल कदमी गर्ने प्रजिअ तिमिल्सेनाले बताउनुभयो । जिल्लाका सम्बन्धित मातहतका कार्यालयहरुलाई सेवाप्रदायक बनाउने र जिल्लाको बिकासका लागी सधै समर्पित रहेको प्रतिवद्धता गर्नुभयो ।











