युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
100 पटक पढिएको

मीन बहादुर खड्का, बाजुरा/   महिला विकास मञ्च बाजुराको आयोजनामा किशोरी संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला विकास मञ्च बाजुराकि कार्यक्रम निर्देशक उजा बिष्ट छेडेदह तालमा पुगेर किशोरी संग खुला अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको हो । छेडेदह तालको आगनमा किशोरी सशक्तीकरणका कुराकानी गरिएको छ । महिला विकास मञ्च बाजुराको आर्थिक सहयोगमा र गाउँपालिकाका प्रत्येक वडाको समन्वयमा एक वडामा ४ वटा किशोरी समुहलाई उज्ज्वल भबिस्य छनोटका लागि कक्षा सञ्चालन भैरहेका छन् ।

Open photo

उक्त किशोरी समुहहरुमा एक जना किशोरी सहजकर्ताले अन्य २० जना किशोरीलाई पढाउदै आएका छन् । एक वडाका ८० जना किशोरीहरुले यो कक्षा पढिरहेका छन् । आजको खुला अन्तरक्रिया कार्यक्रममा किशोरीहरुका सिकाई आदानप्रदान गरिएकि छ । यो कक्षा पढिसकेपछी के के कुराको जानकारी किशोरीहरुले पाए ? के परिवर्तन भयो ? समुदायमा कस्तो प्रभाव पर्यो ? कार्यक्रम सञ्चालनको प्रमुख उदेश्य बालबिवाह न्यूनीकरणमा कसरी सहयोग पुगेको छ ? बालबिवाहको दर कस्तो छ ? अन्य के के कुरा सिक्नुभयो लगायतका बिषयमा कक्षा सञ्चालन गर्ने किशोरी सहजकर्ता र कक्षा पढ्ने सहभागी किशोरीहरु संग कार्यक्रम निर्देशक उजा बिष्टले अन्तरक्रिया गर्नुभएको थियो । समग्रमा परिवजना लागू भैसकेपछि के के ? उपलब्धि भयो भन्ने बिषयमा पनि समिक्षा गरिएको छ ।

Open photo

किशोरीहरुले आफ्ना सिकाई अनुभव र आफुम आएको सकारात्मक परिवर्तन, समुदायमा परेको प्रभावका बारेमा कार्यक्रम निर्देशकलाई अन्तरक्रिया कार्यक्रमका बीच जानकारी गराएकी छन् । बालबिवाह, छाउपडी पर्था, जातिय विभेद, किशोरी सशक्तीकरण, घरेलु हिंसा लैङ्गिक हिंसा लगायतका सामाजिक कुरुती र कुसंस्कारका असर र यसबाट सुरक्षीत हुने उपायहरु, र आफुमाथि समस्या आइपरेमा त्यसको कानुनी उपचार कसरी कहाँ खोज्ने बिषयमा पनि पर्शिक्षण गर्नुभएको थियो । विगत पाँच वर्ष देखि खप्तड छेडेदह गाउँपालिकामा लागु महिला विकास मञ्च बाजुरा द्वारा संचालित  (GFF)   परियोजनाले बालविवाह न्यूनीकरण, छाउपडी पर्था, जातीय विभेद, लगायतका सामाजिक कुसंस्कारहरुको अन्त्य गर्नका लागि मात्रै नभैई किशोरीहरुको सशक्तीकरणका लागि पनि महिला तथा बालबालिका संग सम्बन्धित रहेर काम गरिरहेको कार्यक्रम निर्देशक उजा बिष्टले बताउनुभयो । कार्यक्रमको उदेश्य नै आजका बालबालिका भोलिका राष्ट्रका कर्णदार भएकाले बालबालिकाको भविष्य राम्रो बनाउन सकेमा मात्रै भोलिको समाज आफै राम्रो बन्ने हुँदा बालबालिकामा विशेष लगानी परियोजनाले गर्दै आएको उहाँको भनाई छ ।

Open photo

यतिमात्र होईन बिपतजन्य समयमा बालबालिकाहरुलाई उद्धार र राहतका कार्यक्रम समेत सञ्चालन गर्दै आएको र हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई आवस्यक परामर्श र सहयोग गर्दै आएको पनि उहाँले बताउनुभयो । समग्रमा यो परियोजनाले छेडेदह गाउँपालिकामा अभिभावकीय भुमिका निर्वाह गर्दै आएको गाउँपालिक स्तरीय बाल क्लबका अध्यक्ष सनम सुनारले बताउनुभयो । किशोर किशोरीहरुको क्षेमता अभिवृद्धि गरि नेतृत्व सिपको विकास गर्नुका साथै सामाजिक कुसंस्कारका विरुद्ध आवाज बुलन्द गर्ने क्षेमताको विकास गरेको उहाँको भनाई छ ।जिल्लाका ९ वटै स्थानीय तहको तुलनामा उच्च दरमा रहेको बालबिवाह न्यूनीकरण हुनुको पछाडि महिला विकास मञ्च बाजुराको पनि प्रमुख भुमिका रहेको उहाँले बताउनुभयो । सरुमा आफ्नो परिचय समेत दिन डराउने त्यहाँका किशोरीहरु अहिले आफू माथी हुने समस्यका बिषयमा खुलेरै राख्न सक्ने भएका छन् । समुदाय पर्ति थप जवाफदेही बनाएको पनि उनीहरुको भनाई छ ।

Open photo

किशोरी कक्षा पढिसकेपछी आफुहरुमा उल्लेख्य परिवर्तन भएको र समुदाय स्तरमा समेत आफुहरुले सिकेका कुराहरूको सिकाउदै सचेतता निरन्तर फैलाईरहेको किशोरी सहजकर्ता वडा. न. २ की धनशरा शाहीले बताउनुभयो । आफू र आफु संगैका किशोरीहरु मात्रै नभैई परिवार र समुदायमा पनि यो कक्षा पढिसकेपश्चात् सकारात्मक परिवर्तन भएको सहजकर्ता शाहीको भनाई छ ।खुला अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरीय किशोरी सञ्जालकी अध्यक्ष धनशरा शाहीको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रमम प्रमुख अथिती महिला विकास मञ्च बाजुराकी कार्यक्रम निर्देशक उजा बिष्ट रहनु भएको थियो । कार्यक्रमको सञ्चालन महिला विकास मञ्च बाजुराका खप्तड छेडेदह गाउँपालिकाका सामाजिक परिचालक देव बहादुर शेरालाले गर्नुभएको हो । कार्यक्रममा सात वटै वडाका करिब ७२ जना बढी किशोरीहरुको सहभागीता रहेको थियो ।

Open photo

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!