साबित्री रोकाया, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्यमा अरुवा मोटा चामल सकिएको करिब ६ महिना बितिसक्दा पनि चामल पुग्न सकेको छैन । लामो समयसम्म पनि अरुवा मोटा चामल खाद्य सस्थानमा नआउदा कतिपय स्थानियहरु महङ्गिको जिरा मसिनो चामल समेत किनेर खान बाध्यरहेका छन । हुने खाने हरुको लागि चामल उपलब्ध भएता पनि गरिबहरुको लागि भने आकाशको फल आँखा तरि मर भने जस्तै भएको छ । खाद्य सस्थानमा रहेको मसिनो चामलले सर्बसाधरणहरु महङ्गिको चपेटामा परेका छ । अरुवा मोटा चामल खाद्य सस्थामा नहुदा स्थानियहरु रितो हात फर्केर घर जान बाध्य रहेका छन । खाद्यमा स्ट्रिम जिरा मसिनो चामल मात्रै भएका कारण सर्बसाधरणहरुले उक्त चामल किन्न नसक्दा खाद्य सस्थानमा पुगेका ब्यक्तिहरु खालि रितो हात घर फर्कीने गरेका छन् ।
लामो समयसम्म पनि अरुवा मोटा चामल खाद्य सस्थानमा नआईपुग्दा पेट पाल्नकै लागि भएता पनि बजार लगायत खाद्यको जिरा मसिनो चामल किनेर खानुपर्ने बाध्यता रहेको स्थानिहरुले बताएका छन। पटक पटक खाद्य सस्थानमा पुग्दा पनि मोटा चामल नपाउदा निरास हुदै भोकै बस्न नसक्ने हुदा अलिकता भएपनि जिरा मसिनो चामल किनेर फर्किनुपर्ने स्थानियहरुलाई बाध्यता रहेको छ । धनिहरुत जिरा मसिनो चामल किनेर खान सक्छन तर हामि एक दिन छाक तार्न समस्या हुने गरिबहरुको लागि निकै समस्या भएको सर्बसाधरणहरुले बताउने गरेका छन । साउन महिनाबाटै खाद्यमा अरुवा मोटा चामल सकिएको थियो त्यो बेला देखि करिब पाँच र छ महिना बितिसक्दा पनि खाद्य गोदाममा मोटा चामल आउन सकेको छैन् । घरबाट चामल किन्न भनी खाद्य सस्थान सदरमुकाम मार्तडीमा पुगियो तर खाद्य सस्थानमा महङ्गिको जिरा मसिनो चामल मात्रै भएका कारण निराश भएर रितो हात घर फर्कीएको बडिमालिका नगरपािलका वडा। नम्बर ७ का एक जना स्थानियले बताएका छन। घरबाट तीन चार सय गाडि भाडा खर्च गरेर चामल किन्न बजार पुगियो तर खाद्यमा मोटा चामल नभई जिरा चामल मात्रै भएका कारण खालि हात फर्कीनु परेको उहाँले बताएका छन। आफुल मोटा चामल सरह चौध,पन्ध्र सय मात्रै रुपिया लिएर घरबाट आए तर यता जिरा मसिनो चामल रहेछ किनौ भने पैशा नपुग्ने अनि रितो हात जानू परेको उहाँले बताएका छन । करिब दुई महिना आगाडि चामल लिन आउदा पनि नआएको र आजसम्म पनि मोटा चामल नआउदा हामी जस्ता सर्वसाधारणहरु लाई निकै समस्या भएको उहाँले बताएका छन ।
यता खाद्य सस्थान बाजुराका प्रमुख उमेश भण्डारिका अनुसार आफू जिल्लामा आएको करिब दुई महिना मात्रै भएको छ । यस बिषयमा आफुले सम्बन्धित निकायहरुमा छलफल गरिरहेको र अबको करिब १, २ महिना भित्रै सर्बसाधरणहरुको लागि पनि उपलब्ध चामल ल्याउने प्रयासमा आफू लागिरहेको प्रमुख भण्डारिले बताएका छन् । बर्तमान अबस्थामा बढ्दो जलवायु परिवर्तन, पारिस्थितिक प्रणालिमा भएको असर तथा तराई तथा मधेस क्षेत्रहरुमा धान उत्पादनको कमिले सोचेको समयमा जिल्लामा चामल उपलब्ध गराउन नसकिएको उहाँले बताएका छन् । एक त जिल्लामा गुणस्तरीय प्रबिधी को कमिका कारणले पनि चामल मात्रै नभई अन्य सेवाहरु पनि भनेको समयमा पुगाईन नसकिने पनि उहाँले बताएका छन। प्रमुख भण्डारीका अनुसार अहिले खाद्य सस्थानमा दुई प्रकारका चामलहरु बिक्री बितरण गरिदै आएको बताएका छन । जिल्ला कारागारका कैदिबन्दि हरुको लागि र अन्य चामल अरुहरुको लागि बिक्रिमा रहेको उहाले बताए । हुने खानेहरुले जिरा मसिनो चामल किन्न सक्ने भए तापनि स्थानिय सर्बसाधरणहरुको लागि भने समस्या रहेको बताए । जो कोहिले जिरा मसिनो चामल किन्न नसक्ने हुदा अन्य सर्बसाधरणको लागि भने चामल नहुदा समस्या भएको उहाले बताएका छन ।
प्रमुख भण्डारीका अनुसार अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. बाजुरा शाखामा स्ट्रीम जिरा मसिनो चामल साबिकको मुल्य प्रति के.जी ९२ रुपैया को ७ प्रतिशत सहुलियत छुटमा प्र.ति के.जी ८५ रुपैयामा बिक्रि बितरण भईरहेको उहाँले बताएका छन । खाद्यमा अहिले १८० क्विण्टल जिरा मसिनो चामल रहेको समेत उहाँले बताए । हुने खाने बर्गका नागरिकले मात्र स्टिम जिरो मसिनो चामलको प्रति केजिको ८५ रुपैँया तिरेर खाद्यबाट चामल लिने गरेकोभए तापनि सबैसाधरण हरुले भने रित्तो हात घर फर्किनु पर्ने बाध्यता रहेको उहाँले बताएका छन । १००० क्विण्टल जिरा मसिनो चामल बिक्रीको लागी ल्याइएको भएतापनि अहिलेसम्म करिब २१४ क्विण्टल चामल मात्रै बिक्री भएको बताएका छन । तत्काल मोटा चामलको लाग सबै निकायहरुमा दिन प्रतिदिन समन्वय तथा सहकार्य भइरहेको प्रमुख भण्डारीको भनाई रहेको छ ।
यता कोल्टी खाद्य डोपोमा पनि मोटा चामल नभएको बताइएको छ । कोल्टी खाद्य डीपोमा प्रमुख कैलाश ऐडीका अनुशार डिपोमा करिब ११५ क्बिण्टल जिरा मसिनो चामल मात्रै भएको र मोटा चामल नभएको बताएका छन । स्ट्रीम जीरा मसिनो चामले सर्बसाधरणहरुको लागी निकै समस्या भएको पनि उहाँले बताएका छन । मोटा चामल ढुवानी गर्नको लागी बिभिन्न निकायहरु संग समन्वय तथा सहकार्य भईरहेको उहाँले बताएका छन । डिपोमा जम्मा रहेको २०० क्बिण्टल स्ट्रीम जिरा मसिनो चामल मध्ये ८५ क्विण्टल चामल मात्रै बिक्री भएको र ११५ क्विण्टल चामल गोदाममै रहेको ऐडीले बताएका छन ।