बाजुरा– दहकोट स्वास्थ्य चौकीमा ग्लोबल आइएमई बैकं बाजुराले निशुल्क १ दिने स्वास्थ्य शिविरको संञ्चालन गरेको छ । ग्लोबल आइएमई बैकं बाजुराको आयोजना तथा हेल्थ परिवार नियोजन सघको प्राबिधीक सहयोगमा सो शिबिरको आयोजना गरिएको ग्लोबल आइएमई बैकं बाजुराका प्रबन्धक भेशराज देवकोटाले बताएका छन ।शिबिरमा नरपलान्ट, पाठेघर सम्बन्धी र अन्य बिषशेज्ञ सहितको उपचार सेवा प्रदान गरिएको प्रबन्धक देवकोटाले बताए । जसमा १ सय ७३ जनालाइ सेवा प्रदान गरिएको जनाइएको छ ।











