साबित्री रोकाया, बाजुराः त्रिबेणी नगरपालिका वडा.नं.९ ताम्सु घर भएका तथा त्रिबेणी नगरपालिकाका इन्जिनियर हिमाल रावलले आफ्नो जन्मदिनको अवसरमा त्रिबेणी नगरपालिका वडा.नं. ९ मा रहेको महालक्ष्मी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरलाई शैक्षिक सामाग्री बितरण गरेका छन । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा थोरै भएतापनि बिद्यार्थीहरुको पढाईमा सुधार गर्नको निमित्त शैक्षिक सामाग्री बितरण गरीएको रावलले बताएका छन । त्रिबेणी नगरपालिकाका इन्जिनियर समेत रहेका रावलले हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा दुखि,पिडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आइरहेका छन । जन्मदिनको अवसरमा अन्यथा खर्च गरेर दुखी पिडित बिद्यार्थीहरुलाई सहयोग गरे उनिहरुको पढाईमा पनि थप हौसला जाग्ने हुँदा आफुले सामाग्री बितरण गरेको उहाँले बताएका छन । बिद्यालयमा अध्ययनरत ससाना बिद्यार्थीहरुलाई करिब बिस हजार भन्दा बढीको शैक्षिक सामाग्री हस्तान्तरण गरीएको छ ।बिद्यालयमा अध्ययनरत २२ जना बिद्यार्थीहरुलाई कापी,कलम,र स्कुल ब्याग हस्तान्तरण गरीएको छ ।

आफुले शिक्षा आरम्भ गरेको बिद्यालयमा जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्न पाँउदा आफुलाई पनि खुसी लागेको राववले बताएका छन । बाल्यकालमा आफुलाई शिक्षाको मार्ग देखाउने बिद्यालयमा अहिले आफैले सामाग्री हस्तान्तरण गर्न पाँउदा आनन्दको अनुभुति भएको समेत उहाँले बताए । आफुले शिक्षा प्रारम्भ गरेको बिद्यालयका बिद्यार्थीहरुको भबिष्य बनाउनुपर्छ भन्ने उदेश्यका साथ बालबालीकाहरुलाई सामाग्री बितरण गरीएको उहाँले बताए । आजका बालबालीको भोलीका कर्णधार हुने हुँदा अहिलेका ससना बालबालीकालाई शिक्षा ग्रहण गर्नको लागी सजिलो माध्ययम बनाईदिदा पछि भबिष्य पनि सुन्दर बन्ने हुँदा पढाईमा सजता पुर्याउन कापि कलम र स्कुल झोला बिरण गरीएको बताएका छन । शिक्षाको सुधारको निमित्त सधै लागी पर्ने रावलले समय समयमा शैक्षिक गुणस्तरको बारेका पनि जानकारी लिने गरेका छन । जग बलियो भयो भने हाँगाकापा पनि बलियो हुन्छ भन्ने कुराहरुलाई ध्यानमा राख्दै बिद्यालयमा अध्धयनरत बिद्यार्थीहरुको पनि जगमा सुधार गर्न शैक्षिक सामाग्री बितरण गरेर भएतापनि सहयोग गरीएको रावलले बताएका छन ।

बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक स्तरमा सुधार गर्नको निमित्त भएको भएतापनि शैक्षिक सामाग्री बितरण गरीएको प्रति बिद्यालयका नि.प्र.अ. उद्धव नाथले धन्यबाद समेत दिएका छन । फेरी पनि यस्तै उदाहरणिय काम गर्दै जान पनि प्रधानाध्यापक नाथले शुभकामना समेत दिएका छन । बिद्यालयमा अध्यनरत ससाना बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरीएको प्रति आफुलाई पनि खुसी लागेको नि.प्रधानाध्यापक नाथले बताएका छन । उक्त शैक्षिक सामाग्री बितण कार्यक्रममा बिद्यालउका नि. प्रधानाध्यापक उद्धव नाथ,बिद्यालयका अन्य शिक्षक,शिक्षिका,सहयोगी हिमाल रावल,उनका परिवार बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत अन्य स्थानियको उपस्थित रहेको थियो ।












