युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
615 पटक पढिएको

साबित्री रोकाया, बाजुरा ।  जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । दुई वर्ष अघि नै सम्पन्न हुनु पर्ने उक्त सडक निमार्णको कार्य अझै पुरा हुन सकेको छैन । समयमै निमार्ण कार्य पुरा नहुँदा यातायातका साधनहरु संञ्चालन गर्नमा निकै समस्या भएको छ। जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको पाइएको छ ।

तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको बडिमालिका नगरपालिका वडा.नं ७ का स्थानिय गणेश राज तिमिल्सेनाले बताएका छन ।  तिमिल्सेनाले भने ‘ समयमै सडकखण्डको निमाणर््ा कार्य पुरा नहुँदा स्थानियहरुलाई निकै समस्या परेको बताएका छन । ठेकेदारहरुको चरम लापरवाहिका कारण समयमै निमार्ण कार्य सम्पन्न नहुँदा त्यहाँका स्थानियहरुलाई लामो समयसम्म पैदल यात्रा हिडेर बजार सम्म पुग्नु पर्ने बाध्यता रहेको उहाँले बताए । त्यतिमात्रै नभई बर्षातको समयमा झनै समस्या हुने गरेको बताएका छन । स्थानियहरुलाई सामान किन्नको निमित्त पनि लामो समयसम्म हिडेर बजार धाउनुपर्ने बाध्यता,गााउमा उत्पादित तरकारी लगायत अन्य सामाग्रीहरुको बिक्री बितरण गर्न पनि निकै समस्या,दैनिक खानपिनको उपभोग्य सामानहरु दाल,चामल नुन,तेल किन्न पनि बजार पुग्नु पर्ने बात्तध्यता त्यो पनि कठिन सडकको यात्रा पछि मात्रै पुग्न सकिने तिमिल्सेनाले बताएका छन ।

लामो समय बितिसक्दा पनि निमार्ण कार्य अझै सुस्त गतिमा चलिरहेको छ । यता बर्खाको समयमा अविरल बषातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएकोले तोकिएको समयमा सडक निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले बताएका छन् । सामानको ढुवानीमा समस्या हुँदा समयमै निमार्ण कार्य पुरा हुन नसकेको निमार्ण कार्य जिम्मा लिएका दुई कम्पनी धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले जनाएका छन । उक्त सडक निर्माणका लागि २०७६सालमा निमार्ण कार्यको जिम्म लिइएको थिायो भने २०७८ असारमै काम सम्पन्न गरीसक्नु पर्ने थियो तर भनेको समयमा काम सम्पन्न हुन भने सकिरहेको छैन।

सदरमुकाम मार्तडी बसपार्क देखि चुथीको झन्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथी देखि ढम्कने सम्म् झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका छन् ।मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोड भन्दा बढी पहिलो किस्ता भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताएका छन ।सदरमुकाम मार्तडी कोल्टी सडक निर्माण कार्य दुई बर्ष अघि नै सम्पन्न गरीसक्नु पर्ने भएको भएतापनि निमार्ण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणका लागि पत्राचार गरीएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!