
बाजुरा:- जिल्ला सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको हिमाली गाउँपालिकाकाे वडा नम्वर ४ फैतीका २५ घर र हिमाली ६ बोल्ढिकका १५ घर पहिरोकाे जाेखिममा भएको जानकारी प्राप्त भएकाे छ । बिहिवार रात भरी सम्म अाएकाे अविरल बर्षाका कारण हिमाली गाँउपालिका फैतिका २५ घर र बाेल्डिकका १५ गर गरि ४० घरपरिवर पहिराेकाे जाेखिममा परेर बिस्थापित हुने सम्भावना भएकाे जानकारी प्राप्त भएकाे छ । पहिराेले घरवाट सबै जाेखिममा रहेका मानिसहरु साे ठाँउबाट बिस्थापित भैसकेकाे पनि जानकारी प्राप्त भएकाे छ ।
लगातारकाे वर्षाले जिल्लाका विभिन्न ठाउहरुमा वाढी पहिराेले ठुलाे क्षति पुर्याएकाे छ । उक्त भेगमा फाेनकाे समस्याले थप जानकारी अाउन भने सकेकाे छैन ।