बाजुरा: खप्तड छेडेदह गाउपालिका वडा. ६ मैताेला घर भएका तथा नेपाल प्रेस युनियन बाजुराका पुर्ब प्रदेश पार्शद, पुर्ब रेडियोकर्मी, जयमालिका यातायात प्रा.लि बाजुराका महासचिव तथा उद्योग बाणिज्य संघ बाजुराका सचिव देबेन्द्र नाथकाे मृत्यु प्रती नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले शाेक ब्यक्त गरेकाे छ ।
पत्रकारिता संगै ब्याबसायिक रुपमा जिल्लाकाे बिकाश सवालमा चासाे देखाउदै आएका नाथकाे अकल्पनिय निधन प्रती युनियन बाजुराले दुख ब्यक्त गरेकाे छ ।साथै मृतआत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
पत्रकारिता तथा ब्याबसायिक पेशा मार्फत जिल्लाकाे जनजिविकाकाे बिषय आवाज उठाउदै आएका तथा जिल्लाकाे बिकाश सवालमा चासाे दिदै आएका नाथकाे मृत्यु प्रती युनियले दुख ब्यक्त गरेकाे प्रेस युनियन जिल्ला अध्यक्ष संगीता तिमिल्सेना द्वारा हस्ताक्षरित शाेक बक्तब्यमा भनिएकाे छ ।
नाथको मिति २०८० पाैष १२ गते बिहिबार गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना हुँदा मृत्यु भएको थियाे ।











