युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
324 पटक पढिएको

बाजुरा —बडिमालिका नगरपालिकामा  गठित  नगर स्तरिय युवा सञ्जालद्धारा पुशे  १५ को अवसर पारी मार्तडी बजारको सरसफाई गरेको छ । नगरपालिकामा गठित नगरस्तरीय युवा संञ्जालले आज मार्तडी बजार सरसफाई गरेको नगरस्तरीय युवा संञ्जालका सचिव बिरेन्द्र रावलले बताउनुभएको छ । नगरस्तरीय युवा सञ्जाल विभिन्न निकायको सहयोगमा नगरपालिका तथा बजारको सरसफाई गरेको सचिव राववले बताएका छन । नगरस्तरीय युवा संञ्जाल गठित भएको करिब एक महिना नपुग्दै युवा संञ्जालले बिभिन्न सामाजिक कार्यहरु संञ्चालन गरीसकेको सचिव राववले बताए ।

सभ्य समाज निर्माण गर्नु हाम्रो दायित्वः लागौं, जागौ, गरौं स्थायित्व भन्ने मुल नाराका साथ नगरस्तरीय युवासंञ्जालले आज पुशे पन्ध्रको अबसर पारी उक्त सरसफाई कार्यक्रमको आयोजना गरेको हो । युवा सञ्जालले मार्तडी बजारको सडकको नाली,खाल्डानखुल्डी भएको ठाँउहरुको फोहर संकलन गरेको छ र साथै नालीहरुको पनि सरसफाई गरेको छ । फोहर संकलनको सहायताका लागी नगरपालिकाको गाडी लगेर फोहर संकलन गरीएको बताइएको छ । आइतबार अर्थात आज बडिमालिका नगर स्तरिय युवा सञ्जालको आयोजना,गिफ्ट नेपाल, आइएनफ, बडिमालिका सामुदायिक विकास समाज, सहारा नेपाल र (बागेश्वर असल शासन क्लब) बास नेपालको समन्वयमा बजार सरसफाई कार्यक्रम गरीएको हो ।

उक्त बजार सरसफाई कार्यक्रममा युवा सञ्जालका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि, सहयोगी निकायका प्रतिनिधि, किशोरी समुह लगायत करिब ५० जना भन्दा बढिको उपस्थितमा सरसफाई कार्यक्रम सम्पन्न गरीएको नगर स्तरिय युवा सञ्जालका अध्यक्ष सन्तोष विकले बताउनुभएको छ । त्यतिमात्र नभई युवा सञ्जालले बजार सरसफाईसंगै एक औपचारिक रुपमा सचेतनामुलक सांस्कृतिक कार्यक्रम समेत गरेको छ ।

युवा सञ्जालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा सुरु भएको सांस्कृतिक कार्यक्रममा बडिमालिका नगरपालिका ७ का वडा तथा नगर प्रवत्ता अध्यक्ष धर्मराज पाध्याय प्रमुख अथिति रहेका थिए । त्यस्तै अथितिमा बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ९ का अध्यक्ष सूर्यकिरण विक, फियान नेपालका केन्द्रीय सचिव मदनराज जैशी, किशोरी समुह लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संञ्चालन कार्यक्रमको नगर स्तरीय युवा सञ्जालका सचिव बिरेन्द्र रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!