युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
773 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना बाजुरा/   डोटेली तथा बाजुरेली संस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ अर्थात पुशे पन्ध्र पर्व पछिल्लो समय जिल्लामा लोप हुँदै गएको पाईएको छ । परापुर्वकाल देखि प्रचलनमा रहेको यो ठुली पर्व पछिल्लो समयमा जिल्ला बाजुरा लगाएत अन्य जिल्लाहरुमा पनि लोप हुँदै गएको छ । बिषेषत आइनै,बातै सुन्ने सुनाउने पर्वका रुपमा यो पर्वलाई बिषेष रुपमा लिने गरीन्छ । अघिल्लो पुस्ता तथा समुदायमा यो पर्वको निकै महत्व भएको भएतापनि पछिल्लो समयमा यो पर्व लोप हुँदै जाँदा अन्य स्थानिय परम्परागत चाडपर्वहरुमा समेत प्रभाव पर्ने देखिन्छ ।

 

अहिलेको आधुनिकिकरणको बिकाशले समाजमा प्रचलित पुराना पर्व तथा चाडहरु लोप हुँदै गएका छन । पहिलेको समयमा यो पुशे १५ बिधिवत रुपमा हरेक समुदायमा फरक फरक तरीकाले मनाईने गरीन्थ्यो,कुनै ठाँउमा रातभर देउडा खेलेर,कुनै ठाँउमा रातभर मिठामिठा परीकार खाएर जाग्राम बसेर यो पर्व मनाइन्थ्यो । जिल्ला बाजुरामा पनि बुढापाखाहरुको कुरा सुन्दा बुझ्दा जिल्लामा यो पर्व पहिले निकै रमाइलोका साथ मनाइन्थ्यो, सबै मानिसहरु एकै ठाँउमा जम्मा भएर रातभर देउडा खेलिन्थ्यो मिठामिठा परीकारहरु सेल,रोटीहरु हालेर खाइन्थो तर अहिलेको वर्तमान अबस्थामा यो पर्व निकै अस्ताएको बुढापाखाहरुले बताउने गरेका छन ।

 

जिल्लाको खप्तड छेडेदह,गौमुल,त्रिबेणी,बडिमालिका,हिमाली अहिलेका यि स्थानिय तहरुमा पहिले यो पुशे पन्ध निकै धुमधामका साथ मनाइन्थे तर अहिले यो लोप हुँदै गएको छ । स्थानिय कला,पर्वहरुको संरक्षणमा यो पर्वको ठुलो भुमिकारहेको छ। पहिलेको समयमा हामी सबै बुढापाखा,बालबालीका,दिदी बअिनीहरु एकै ठाँउमा जम्म भएर देउडा खेल्ने,मिठामिठा परीकार सेलरोटी पकाएर खाने,मिठामिठा फलफुल,तरुल पकाएर खाने, एक आपसमा कथा,बातै हालेर यो दिनमा रातभर जाग्राम बसेर पर्व मनाउथ्यौ तर अहिले आएर यो पर्व निकै लोप भएको बडिमालिका नगरपालिका वडा.नं.७ का स्थानिय दयाराम पाध्यायले बताएका छ । अहिलेको समय परिर्वतन तथा नँया प्रबिधिको बिकाशले गर्दा यो पर्व लाप हुँदै गएको उहाँले बताएका छन । उहिलेको समयमा यो पर्वलाई ठुलो महत्वका साथ हरीन्थ्यो तर अहिले आएर यो पर्वको कसैले पनि संरक्षण नगरेको देख्दा हाम्रा स्थानिय पर्वहरु पनि लोप हुदै जाने चिन्ता बढेको उहाँले बताउनु भयो ।

बिषेषत यो पर्वलाई अझै ठूली रातका रूपमा सबैले मनाउने गरेका हुन्थे गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन थियो । अहिलेको समयमा कोहि कसैलाई यो पर्व मनाउन आग्रह गर्दा पनि उल्दै यस्ता पर्व मनाएर के काम अबको समयमा समय अनुसार चल्नु पर्छ,जुक जमना अनुसार हिड्नु पर्छ भन्दै बताउउने गरेको स्थानिय पाध्यायले बताएका छन । यो पर्व बिषेषत सुदुर पहाडीका हिमाली तथा लेकाली भुभागमा मनाउने गरीन्छ तर अहलिे समयको दौर।ानका कारण प्रबिधिको बिकाश भएसंगै सुदुर पहाडका मानिसहरु तराई तिर झर्न थालेपछि पहाडी क्षेत्रमा यो पर्व लोप भएको बताएका छन । पुश पन्ध्रलाई स्थानिय भाषमा (ठुली रात अर्थात,पुशे पन्ध्र) भन्ने गरीन्छ । यो दिनमा गाँउघरतिर निकै रमाइलो हुने गर्दछ । गाँउगाँउमा सबै स्थानियहरु जम्म भएर कसैको घर तथा खुल्ला चौरहरुमा आगो बालेर रातभर कुराकानी गर्दै,मिठामिठा परीकार खादै रात बिताउने गर्दछन ।

 

‘ पुशे १५ को रात सबैभन्दा ठूलो हुने भएकाले यो दिन गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन रहेको छ।’सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवापर्वका रूपमा कतिपयले अहिले पनि मनाउने गरेका छन । तर पहिले समयभन्दा अहिले यो पर्व निकै लोप भइसकेको छ ।बुढापाखाको भनाई अनुसार गरिबीका कारण खान लाउन समस्या हुने भएकाले पुशको कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर मिठामिठा आहार खाने चलन समेत रहेको छ। पहिलेको समयमा अहिलेको समय अनुसार लुगा कपडा खासै नभएका कारण यो रात रातभर आगो तापेर यो पर्व मनाउने गरीन्छ । विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गरीने रातको रुपमा पनि चिनिन्छ । लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको बुढापाखाहरुले बताउने गरेका छन। सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ। पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ ।

 

पुस १५ अर्थात आजका दिन देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता समेत रहेको बुढापाखाले बताउने गरेका छन । पुस पन्ध्र तथा पुशे पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको छ। यो रात बूढापाकाबाट अर्ती मनोरञ्जन गर्ने र कन्दमुल खाने,उपदेश सुन्ने, गरिन्छ। वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा ‘पुस १५’ का रुपमा मनाइन्छ। यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ।आजको रात प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।

 

यो पुशे पन्ध्र परापुर्वकालमा जिल्ला बाजुरामा निकै धुमधामका साथ मनाउने गरीन्थो तर अहिलेको पुस्तामा यो पर्व निकै लोप भएको छ । पहिलेको जस्तो यो दिनमा कसैको घरमा पनि हल्लाखल्ली सुनिदैन,पहिलेको जस्तो सबै मान्छेहरु एइकै ठाँउमा जम्म भएको,मिठामिठा परीकार खाएको,सेलरोटी  हाल्ने, रातभर  आगो ताप्ने,आलु,पिँडालु,सखरखण्ड खाने,दन्ते कथा सुन्ने,बुढापाखाको अर्ति उपदेश ग्रहण गर्ने,जस्ता प्रचलनहरु लोप हुदै गएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!