बाजुरा/ बास नेपाल बाजुरा को उपशाखा गठन कार्य बडिमालिका नगरपालिका सम्पन भएको छ। बडिमालिका नगरपालिका मा आज गठन कार्य सम्पन भयको छ। टोपी दिवसको अबसर पारेर बास नेपाल जिल्ला शाखा बाजुराले आज एक पचारिक कार्यक्रम बिच उपशाखा को गठन कार्य समापन गरेको छ । बास नेपाल जिल्ला कमिटी अध्यक्ष सरिता थापाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बडिमालिका नगर पालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा प्रमुख अतिथि रहुनभएको थियो ।
त्यस्तै बिशिस्ट अतिथिमा वडा सदस्य करे रावल अतिथि हरुमा बास नेपाल जिल्ला कमिटी उपाध्यक्ष भरत बोहरा , सह सचिव धनराज बुढा लगायतका ५० बढीको उपस्थित रहेको थियो । सह सचिब नन्दा थापाले सन्चालन गरेको कार्यक्रममा बास नेपाल जिल्ला कमिटी प्रेस संयोजक दिपक बडुवालले स्वागत मन्तव्य राखेका थिए । नगर अध्यक्ष बिरेन्द्र रावल , उपाध्यक्ष नवीन कार्कि,सचिब शुरेस बिक,सह सचिव दिपक जोशि , कोषाध्यक्ष सुनिता बोहरा , सदस्य सावित्री रावल लगाएत १० जना को समिति चयन भयको छ । कार्यक्रममा उपस्थित सबैले नयाँ समितिलाई सिन्दुर लगाएर बधाई तथा शुभकामना दिएका थिए। भने नगर भित्र हुने भष्टाचार , अनियमितताका बिरुद्ध लड्ने , नगर भित्र रहेका अपांग असाहय,टुहुरा , अति बिपिन्न परिवारलाई बास नेपाल ले सक्दो सहयोग गर्ने बास नेपाल बडिमालिका उपसाखाका अध्यक्ष बिरेन्द्र रावलले बताएका छन।
यस्तै जिल्ला शाखा अध्यक्ष समेत रहेका सरिता थापाले बास नेपालमा आबद्ध सम्पूर्ण पदाधिकारीले सधै सत्य र न्यायको बाटोमा हिड्नु पर्ने र अब छिट्टै नै बाजुरा जिल्लाका सम्पूर्ण पालिकाहरुमा उपशाखा गठन गर्ने बताएका छन। यस अघि बुढिगंगा नगर पालिकामा उपशाखा गठन भैसकेको छ।