युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
588 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः  जिल्लामा लामो समयसम्म हिँउदे बर्षा नहुँदा हिउदे बालीमा असर परेका छ । लामो समयको खडेरीका कारण पानी पर्न नसक्दा खेतबारीमा लगाइएको गँहु,जौ,मुसरो,लगायत अन्य बालीमा निकै असरको छ । हिउदै बाली लगाएको समयदेखि नै पानी नपर्दा हिउदे बालीमा निकै असर परेको स्थानियहरुले बताउने गरेका छन ।

संगै हिँउदे बालीले समयमै पानी नपाँउदा हिँउदे बाली उत्पादनमा ह्रास आउने चिन्ता बढेको स्थानियहरुले बताएका छन । खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभरि परिवार पाल्ने चिन्ताले सताउन थालेको बडिमालिका नगरपालिका वडा.नं. ७ का स्थानिय दयाराम पाध्यायले बताएका छन । पहिलो बर्ष अलि थोरै भएतापनि हिँउदे बर्ष भएको थियो तर अहिले पौषको महिना सकिन लाग्दा पनि बर्षा नहँदा बालीहरुमा निकै असर परेको उहाँले बताए । जिल्लामा हिँउदे बालीको प्रमुख स्रोत भनेकै गँहु,जौ बाली हो,तर लामो समयसम्म खडेरी पर्दा गँहु जौ उत्पादनमा निकै ह्रास आउने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । केन्द्रका अनुसार पहिलो बर्ष समयमै अलिकता भएपनि हिँउदे बर्षा हुँदा खासै गँहु उत्पादनमा ह्रास नआएको भएतापनि यो बर्ष पुश महिनाको आधी महिना सकिदा पनि पानी नपर्दा गँहु जौ बाली उत्पादनमा ह्रास आउने केन्द्रले अनुमान गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले बताउनुभएको छ ।

बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेक्ट्रिक्टन खाद्यान्न आवश्यक पर्छ । करिब १५ हजार मेट्रिक टन जिल्लामा उत्पादन हुन्छ भने १३ हजार मेट्रिक टन जिल्ला बाहिरबाट खरिद गर्नुपर्छ । अहिले हिँउदे बर्षा अहिलेसम्म नभएका कारण झनै उत्पादन खट्ने चिन्ता बढेको जैशीले बताएका छन । बिषेषत जिल्लामा हिँउदे बालीको   रुपमा,गँहु,जौ,मास,मुसुरो,केराउ लगायत बालीको खेती गरीन्छ । यि बालीहरुलाई पानीको निकै आबश्यक पर्ने भएकाले सोचेृको समयअनुसार पानी नपर्दा यि बालीको उत्पादनमा हा्रस आउने देखिएको उहाँले बताएका छन । अहिलेको समय भनेको डाडापाखा सेताम्य हुने समय हो तर पाखो,बारी सुख्खा खडेरीले सुक्दै गएको बताएका छन । पृथ्विको तापमानमा बृद्धि हुनु,अनाबृष्ट्रि,अल्पबृष्ट्रि,जलवायु परिर्वतन हुनुका कारणले समयमै पानी पर्न नसकेको पनि उहाँले बताएका छन ।

पानी नपर्दा सुकेको गँहु बाली अब कसरी जोगाउने भन्ने चिन्ता स्थानिय लाई परेको छ । कतिपय खेतबारी सिँचाई सुबिधा भएको ठाँउमा भए पनि धेरै उत्पादन हुने गँहु बाली भएको ठाँउमा सिँचाई सुबिधा नहँुदा गँहुँ बाली सुक्दै गएको छ । गँहु बालीले समयमै पानी नपाँउदा बालीमा बिभिन्न किसिमका रोगहरुले पनि देखिन थालेका छन । गँहुको पात मा पहेलो सिन्दुरे रोगको पातको माथिल्लो सतह पुरै संक्रमण गरेको पाइन्छ । यो हुनुको प्रमुअ कारण भनेकै समयमै गँहु बालीले पानी नपाँउदा भएको स्थानियहर बताउछन् । ‘आकाशे झरी नहुँदा बीउ छरेका खेतमा बाली सप्रेको छैन,’ सप्रेको ठाँउको बालीहरु पनि बिस्तारे सुक्दै गएको स्थानियहरुको भनाई रहेको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जिल्लाको हिमाली गाँउपालिकाका स्थानियहरुले बताएका छन । एक त पाँलिकामा भने जस्तो समयमा पानी पनि पदैन थियो त्यसैमा अहिले झनै खडेरीले सताएको त्यहाँका स्थानियको भनाई रहेको छ । हिउदे बाली उत्पादनमा ह्रास आउने देखिएका कारण अब परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको त्यहाँका स्थानियहरुले बताएका छन । जिल्लाका सबै स्थानिय तहहरुमा अहिलेसम्म पानी पर्न भने सकेको छैन सिँचाई सुबिधा भएका स्थानिय तहहरुमा अलि राहत मिल्ने भए तापनि सिँचाई सुबिधा नपुगेका स्थानिय तहका स्थानयिहरुको लागी भने यो निकै चिन्ताको बिषय बनेको छ । आकासे पानीको भरमापर्ने स्थानिय तहहरुका बालीहरु भने झनै सुक्दै गएका छन ।कतिपय सिँचाइको सुविधा नभएका स्थानिय तहहरुका हिउँदेबाली पानी नपरेका कारण बाली सुक्दै जान थालेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!