बाजुरा/ जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोटमा सञ्चालन भएको पालिका स्तरीय दोश्रो पालिका स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ११ स्वर्ण, ७ रजत र ३ काश्य सहित शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटले हात पारेको छ । गाउपालिकामा सञ्चालन भएको पालिका स्तरीय राष्टपति रनिङ शिल्डको उपाधि शम्भु सुनन्दा मा.वि ले अन्य ५ वटा विद्यालयलाई पछि पार्दै यस वर्षको उपाधि जित्न सफल भएको हो । त्यस्तै ६ स्वर्ण, १३ रजत र ७ काश्य प्राप्त गरी शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकुले दोश्रो स्थान हात पारेको छ ।
५ स्वर्ण ६ रजत र ७ काश्य प्राप्त गरी कुलादेवि मावि बर्कु तेश्रो र ५ स्वर्ण, २ रजत र ६ काश्य प्राप्त गरी स्वामीकार्तिक मावि वाईले चौथो स्थान हात पारेको छ । ३ स्वर्ण, २ रजत र ३ काश्य प्राप्त गरी राघुमाता मावि साप्पाटाले पाचौँ स्थान हात पारेको बताइएको छ । गत ११ गते देखि सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाका ६ वटा माद्यामिक विद्यालय सम्मिलित प्रतियोगितामा १५ विधाका खेल सञ्चालन भएका थिए ।











