मुक्तक १
जुनिभर दुख पिडा पाउनु नपराेस्
माया गर्ने मान्छे गुमाउनु नपराेस्
छाेडेर नजाउ है सानू,कहिल्यै पनि,
फर्केर तिम्रो नजरमा आउनु नपराेस् ।।
मुक्तक २
ईच्छा चाहना सबै मरेर जान्छन्
आउछन् नजिक भुल गरेर जान्छन्
केही पाउला भनेर आशा,भराेसा लिई,
नपाई केही गहभरि आँसु भरेर जान्छन् ।।
मुक्तक ३
छातिमा नेपाली नाम छैन बाहिर गए हुन्छ
घामड सरकारकाे काम छैन बाहिर गए हुन्छ
किन खालि पशिना बगाउछाै देशका युवाहरु,
मेहेनत गरेकाे यहाँ दाम छैन बाहिर गए हुन्छ ।।
मुक्तक ४
भरेकाे हाेईन खालि चाहियाे भन्छ
ससुरालि गए शालि चाहियाे भन्छ
सुनसान भएकाे मनै पराउन्न उसले,
हल्ला खल्ला अनि तालि चाहियाे भन्छ ।।
मुक्तक ५
खाईरहु जस्ताे घरकाे उनकाे पानी मन पर्छ
कलिलाे बैशालु त्याे उनकाे जवानी मन पर्छ
अरु त देखि सहन्न मैले फनि हरबखत उनकाे,
टुनामुना लगाई हिड्ने उनकाे बानि मन पर्छ।।
मुक्तक ६
उर्लीदो याे साउने भेल तर नभर
छाेडिदेउ मलाई उता सर नभन
स्याहार देउ,गाेडमेल गर दिनहुँ ,
फुल्दै छु काेपिलामै झर नभन।।
मुक्तक ७
गोरी हाेईन उनी काली परिन् रे
माया लाउथे उनी जालि परिन् रे
नाता सम्बन्ध पनि कस्ताे हाे कस्ताे,
सुनन् उनी त मेरी सालि परिन् रे ।।
मुक्तक ८
चुस्छन जाेवनकाे रस अनि फालेर जान्छन्
गर्छन् नाथाथरि बहस अनि फालेर जान्छन्
प्यास नमेटुन्जेल देखाउछन् ठुला सपनाहरु,
बनाई जिन्दगि तहसनहस अनि फालेर जान्छन्।।
मुक्तक ९
रिसाए नि छाति दुख्दै प्यारि भनिन्थ्याे
तिर्खाए नि घाँटी सुक्दै प्यारि भनिन्थ्याे
भुल्न त कसरी सकिन्छ,मेरि सानुलाई,
उनकाे छातिभित्र लुक्दै प्यारि भनिन्थ्याे ।।
मुक्तक १०
आफैले आफैलाई मार्न सक्ने भए
तिम्लाई छाेडि एक्लाे पार्न सक्ने भए
जान्थे हाेला माया नभएको भएदेखि ,
तिमिबाट मुटु अन्तै सार्न सक्ने भए ।।
मुक्तक ११
हास्नु अनि रुनु बनाउछ मायाले
बेदनाकाे तस्बिर छुनु बनाउछ मायाले
पलपल चाेट दिईरहदा जिन्दगिभर,
आशुले मात्रै मुख धुनु बनाउछ मायाले ।।











