बाजुरा : बाजुराकाे बुढीगंगा नगरपालिकामा आजबाट चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यस वर्षकाे नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियाेगिताकाे एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुराका सचिव भरत थापाले उद्घाटन गरेका छन् ।
प्रतियाेगिता भानाेदय माविमा सूरू भएकाे छ ।प्रतियाेगितामा पालिका भित्रका ८ वटा विद्यालय सहभागि भएकाे बुढीगंगा-६ काअध्यक्ष तथा नगरप्रवक्ता हेमराज जैशीले बताएका छन्।
नगरप्रमुख रामबहादुर बानियाँकाे अध्यक्षतामा सूरू भएकाे प्रतियाेगितामा प्रमुख अतिथि एमाले बाजुराका सचिव भरत थापा रहेका छन् ।त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापा, उपप्रमुख माया खड्का कुँवर लगायत रहेकाे प्रतियाेगताकाे संचालन नगरपालिकाका कर्मचारी टंक सिंहले गरेका छन् । प्रतियोगिताले विद्यार्थीकाे व्यक्तित्व विकासमा सहयाेग पुग्ने पालिकाले विश्वास लिएकाे छ ।