युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
238 पटक पढिएको

कोल्टी सम्बाददाता: बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको एक बेडमा गत बुधवार देखि अचेत अवस्थामा रहेकी किशोरी ललिता गिरीको उपचार भैरहेको छ । बुधवार अपरान्न भिरबाट लडेर गम्भीर अवस्थामा रहेकी बुढीनन्दा नगरपालिका वडा नं एक की गरीलाई थप उपचारका लागि नेपालगंज लगायतका सुविधा सम्पन्न ठाउँमा लैजानु देखिएता पनि उनि अचेत अवस्थामा रहेको झण्डै ७२ घण्टा पुग्दासम्म पनि उद्धार हुन नसकेपछि आफन्तलाई चिन्ता बढ्दै आएको छ ।
गीरीका आफन्त ढकराज गिरीले प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नकेकाल भएकोले उनको उपचारमा समस्या भएको बताए । भिरबाट लडेको चार दिन पुगि सक्यो सक्दा पनि विहिवार नेपाली सेनाको हेलिकप्टर आउने भनिएको थियो । शुक्रवार मात्र नेपाली सेनाको हेलिकप्टर मार्तडीसम्म पुगेर फर्किएकोले गीरीको उपचारमा थप समस्या परेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले नेपाली सेनाको हेलिकप्टर पोरखे लेकसम्म पुगेर फर्किएको बताए ।
हेलिकप्टर कोल्टी सम्म लिनका लागि दृष्यअवलोकन गर्न नसकेका कोल्टी सम्म हेलिकप्टर आउन नसकेको प्रमुख जिल्ला अधिकारीले पुष्टी गरेका छन । तर नेपाली सेनाले भने घाइते अवस्थामा रहेकी गिरीको उद्धार भन्दा पहिले वडिमालिका दर्शनको कार्यतालिका राखेकाले उद्धारमा ढिलाई भएको बताएका छन । घाइते गिरीका आफन्त ढकराज गिरीले यस्तो जटिल अवस्थामा नेपाली सेना जस्तो जिम्मेवार निकायले उद्धारलाई प्राथमिकता नदिई वडिमालिका दर्शनलाई प्राथमिकता दिएको भन्दै गुनासो पोखेका छन ।
उता नेपाली सेना बाजुराका प्रमुख सुनिल विष्टले भने पहिलो प्राथमिकतामा उद्धार नै राखेको बताएका छन । बडिमालिकामा त नेपाली सेनाको नियमित पुजाका लागि जाने तयारी भै रहेको हो उनले बताए । शनिवार जसरी पनि उद्धार गर्ने तयारीमा रहेको मेजर सुनिल विष्टले बताए ।

७२ घण्टा देखि अचेत अवस्थामा रहेकी गिरीको अहिले सम्म होस आउन सकेको छैन । उनलाई अहिले दुखाईको महशुस भए पनि अरु कुनै कुराको महशुस नभएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा डिकेन्द्र सञ्ज्यालले बताए । अक्सीजन लेभर निकै घटेको छ । अवस्था निकै जटिल रहेकाले समयमै उद्धार हुन नसके थप जटिल हुदै जाने डा सञ्ज्यालले बताए । उनको उद्धारका लागि समयमै पहल भए पनि थप उपचारका लागि हेलिकप्टर कुर्दा कुर्दै आज ३ दिन वितेको हो । स्थानिय देवी गिरीकी छोरी ललिता हाल चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन । टाउको, घाटी र ढाडमा चोट लागेको र हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!