बाजुरा/ जिल्लाको सदरमुका मार्तडी बडिमालिका नगरपालिका वडा नं ८ थापाथलीमा रहेको दुर्गाभञ्जन गुल्मले विपद प्रतिकार्य अभ्यासको प्रदर्शनी गरेको छ । विपद आएका बेला गर्ने अपनाउनुपर्ने उपाय र समाधानका विषयमा जानकारी गराउने उद्देश्यले विपद प्रतिकार्य अभ्यास डेमो प्रदशृन गरिएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताएका छन् । गुल्ममा रहेका नेपाली सेनाका जवानहरुले बाढी,पहिरो,आगलागी लगायतका घटना भएका बेला गर्नै पुर्व तयारी र विपदको जोखिमलाई न्युनिकरण गर्दै उद्धारका लागि आबश्यक तयारीका विषयमा जानकारी गराइएको हो ।
जिल्लामा पछिल्लो समय आगलागीका घटना भइरहेकाले आगलागी भएको बेला निभाउने तरिका र बाढी र पहिरोबाट प्रभावितको उद्धार गर्ने तरिकाको अभ्यासको पदर्शनी गरिएको गुल्मपति सेनानी सिंहले जानकारी दिएका छन् ।मार्तडीको थापाथली व्यारेकमा गुल्मले उक्त प्रदर्शनी गरेको हो । प्रदर्शनमा घरमा खाना पकाउदा दाउरा ग्याँसबाट खाना पकाउदा हुने आगलागी नियन्त्रण र विद्युतको तार सट भई आगलागी हुने नियन्त्रण उद्धारका लागी चाहिने आवश्यक समन्वय र तयारीको विषयमा प्रदर्शन गरिएको दुर्गा भञ्जन गुल्म थापाथली बाजुराले जनाएको छ । ।