युनिकोड    राशिफल    एफएम रेडियाे                        
526 पटक पढिएको

बाजुरा/  जिल्लाको सदरमुकाम मार्तडी बडिमालिका नगरपालिका वडा.नं ८ मा रहेको जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सञ्चालन भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभएको छ ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले रिवन काटेर उक्त फिजियोथेरापी मेसिन सेवाको उद्धाटन गर्नुभएको हो । बाजुरा जस्तो बिकट ठाँउमा गुणस्तरीय सेवा संञ्चालन हुँदा यहाँका स्थानियहरुलाई निकै सहज मिल्ने अस्पताल बाजुराले बिश्वास लिएको छ । फिजियोथेरापी सेवा संञ्चालनमा आँउदा अब यहाँका स्थानियहरुलाई महंगो मुल्य तिरेर बाहिरी जिल्लान धाँउनु पर्ने बाध्यता हटेको सुचना अधिकारी गिरीले बताृनुभएको छ ।

जिल्ला अस्पताल बाजुरामा दैनिक फिजियोथेरापी सम्बन्धी बिरामी आउने,तर अबस्तालमा उक्त सेवा संञ्चालन नहुँदा यहाँका स्थानियलाई निकै समस्या भएको थियो । अब उक्त समस्या टर्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ । लामो समयको अथक प्रयास पछि अस्पतालमा फिजियोथेरापी सेवा संञ्चालनमा ल्याउन पाँउदा निकै खुसी लागेको अस्पतालद बाजुराका अध्यक्ष मान बहादुर कार्कीले बताउनुभएको छ। अस्पतालले भरपर्दो तथा गुणस्तरीय सेवा संञ्चालन दिदै आइरहेको र अबका दिनहरुमा पनि थप भरपर्दो सेवा दिदै जाने उहाँले बताएका छन । बाजुरा जस्तो गरीबि तथा भोकमरीको चपेटामा परेको ठाँउका स्थानियहरुलाई महंगीको मारमा नपार्न उक्त सेवा संञ्चालनमा ल्याइएको उहाँले बताए । यो भन्दा पहिला सेवा संञ्चालनमा नहुँदा बिरामीहरु उपचारको लागी बाहिर जाने गरेका थिए । अब उक्त समस्या हट्ने उहाँले बताएका छन ।

अस्पताले दिएको जानकारी अनुसार एचआरसी बाजुरा र हेन्डीक्याप ईन्टरनेश्नल फेड्रशन नेपालको आर्थिक सहयोगमा अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको बताइएको छ । जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सुरु भएसंगै आर्थिक अबस्था न्युन भएका स्थानियहरुको लागी ठुलो राहत मिल्ने भएको छ । अब उृक्त सेवाबाट जिल्लामा रहेको , कम्मर, ,हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछि जाम तथा विकृत हुने लगायतका समस्या भएका बिरामीहरुका लागि सेवामार्फत सजिलो हुने सुचना अधिकारी गिरीको भनाई रहेको छ।

 

जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा सुरु भएको फिजियोथेरापी सेवा सञ्चालन उद्धाटन कार्यक्रमकमो प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोेकाया रहनुभएको थियो ।त्यस्तैबिशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, अथितिमा अस्पताल बाजुरा प्रमुख समिता पुन, सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेना,एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाही, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!