राजेन्द्र बहादुर रोकाया, बाजुरा/ जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य अधिकार हननका सवालमा स्थानीय तह र सरोकारवालाको भुमिकाको बिषयमा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य अधिकार हननमा स्थानीय तह र सरोकार वालाको भुमिका बिषयको छलफलमा सबैले आफ्नो पक्षबाट सकरात्मक सहयोगमा लाग्नुपर्ने निष्कर्ष सहित कार्यक्रम नेपाल बाजुरा कार्यक्रम सँयोजक सबिता थापाले बताउनुभयो । स्थानीय खाद्य अधिकार संजाल स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन गरीएको थियो ।
फियान नेपालले जिल्लाका पालिकामा स्थानीय खाद्य अधिकार संजाल गठन गरेर खाद्य अधिकारका सवालमा समन्वय र सहयोग गर्दै आएको छ । स्थानीय खाद्य अधिकार संजाल स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भिश्म शाहिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया रहनुभएको थियो । कार्यक्रममा फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सबिता थापा, स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिका अध्यक्ष महेश कार्की, पालिकाका वडाध्यक्ष कार्यपालिका सदस्य संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।