राम बहादुर दानी बाजुरा: जिल्लाकाे साँफे-मार्तडी सडक खण्ड अन्तर्गत अमकाेटमा पहिराे जाँदा अावत जावतमा अवराेध भएकाे छ । बर्षाद याम सुरु हुने बित्तिकै साे ठाँउमा अवराेध हुँदै अाई रहदा सम्म पनि सम्वन्धित निकायकाे याे विषयमा ध्यान भने जान सकेकाे छैन ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारीकाे अागमगनमा परिचयात्मक कार्यक्रममा पत्रकारहरु सँगकाे कुराकानीमा वर्षादकाे समयमा बैकल्पिक राेडकाे पहिचान गर्ने भनिएता पनि अहिले सम्म कुनै टुँगाे भने लागेन ।
जिल्लाबाट सँघ र प्रदेशमा प्रतिनिधित्व गरेका माननियकाे पनि याे विषायमा कुनै चासाे नभएकाेले सर्वसाधारणले अापत्ति जनाएका छन । बर्सेनि सडककाे बिषयमा कराेडाै बजेट बिनियाेजन भएता पनि जति मर्मत गरेपनि ६ महिने सुचारु साँफे-मार्तडी सडक खण्ड अन्तर्गत अमकाेटमा दुबै तिरबाट पहिराे गएर नदि थुनिदा बाजुराली जनताले सास्ति खेप्नु परेकाे छ ।
बर्षादकाे समय अायाेकी रात भरी जागराम बसेर काट्नु परेकाे द्वारीकी एक महिलाले बताएकी छन । पटक पटक सडक बिभागकाे बैठक र जिल्ला प्रशासनले साँफृ मार्तडी सडक खण्डकाे स्तर उन्नतिका लागि पहल चाल्ने बताएता पनि गुवालाे अायाे भ्यागुताे खेलायाे भन्ने चाल भएकाे छ ।
यता साफे मार्तडी सडक खण्डमा पटक पटक अवराेध भैरहदा बैकल्पिक बाटाेकाे रुपमा बल्दे-अाटिचाैर हुँदै जुगाडाकाे ट्रयाक खाेलेर सुचारु गरेमा केही सहज हुने सम्भावना रहेकाे तर राजनितिक प्रभावल त्याे बिषयमा भने अहिले सम्म कुरा नउठेकाे पाईएकाे छ ।
अमकाेटमा बर्सेनि अाउने पैमा र अमकाेटकाे दाेहाेराे पहिराेले बुढिगँगा नदि थुनिदै जाने र दुबै तिरका गाउँहरु जाेखिममा पर्दै अाएका छन । बुढीगँगा नगरपालिका वडा नम्बर १ अमकाेटका करिव १०० घर परिवारहरु उच्च जाेखिममा रहेकाले बस्ती सार्नु पर्ने देखिएकाे छ । त्यस ठाँउका जनताहरुले बेलुका पर्छ कि कति खेर के हुन्छ भन्ने चिन्ताले रातभर जागराम बस्नु पर्ने भएकाे बताएका छन् ।
अमकाेटमा कमाई खाने खेति त सकियाे सकियाे तर बस्ने बासका लागि पनि कता गुहार माग्ने काेहि भगवान जन्मिन्छकी हाम्रा लागि कसैकाे पनि बस्ति ब्यवस्थापनमा अाँखाे गएन द्वारीकी एक व्यापारी टीका जैशीकाे गुनासाे रहेकाे छ ।
याे विषयमा सम्बन्धित निकायकाे समय मै ध्यान नगएमा बाजुराले ठुलाे क्षति बेहाेर्नु परेकाे व्यापारी जैशीकाे गुनासाे रहेकाे छ ।