धनगढीः बैतडीबाट चरेससहित बझाङका धौले महर पक्राउ परेका छन्।बैतडीको सिगास गाउँपालिका ९ श्रीभाबर स्थित खोड्पे बझाङ सडक खण्डबाट २ किलो ३९० मिलिग्राम चरेससहित बझाङको बित्थडचिर गाउँपालिका ५ बस्ने ६४ वर्षीय धौले महरलाई प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोड, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरको साथबाट चरेस फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।











