युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
164 पटक पढिएको

धनगढीः सुदूरपश्चिममा चार अस्पतालका लागि खरिद गर्न लागेका फोहरमैला व्यवस्थापन प्लान्ट ९अटोक्लेभ० खरिदमा ठूलो आर्थिक चलखेल हुने गरी काम अघि बढेको छ।
८ करोड ३९ लाख बजेट भएको उक्त कार्यक्रममा टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालमा फोहरमैला व्यवस्थापन प्लान्ट स्थापना गर्ने भनिएको छ। तर ती अस्पतालको प्राथमिक माग फोहरमैला व्यवस्थापन प्लान्ट नभएकै अवस्थामा जबरजस्त खरिद गर्न खोजिएको छ। टीकापुर अस्पतालमा फोहरमैला व्यवस्थापन उपकरण यसअघि नै जडान भएर काम भइरहेको छ।

प्लान्ट खरिद गरेर पठाउन थालिएपछि महाकाली, बैतडी र बझाङ अस्पतालका प्रतिनिधिले पनि आफूहरूको पहिलो प्राथमिकताको माग नभएको भन्दै कुनै टिप्पणी गर्न चाहेका छैनन्। फोहरमैला व्यवस्थापन प्लान्ट कार्यक्रमको खरिद प्रक्रिया यतिबेला विवादित बनेको छ। निर्धारित कार्यक्रम अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टीकापुरलगायत चारवटा अस्पतालका लागि फोहरमैला व्यवस्थापन प्लान्ट खरिदको अन्तिम तयारी गरेको छ।
तर सांसदहरूले अनियमितता भएको भन्दै विरोधमा छन्। प्रदेशसभा बैठकमै प्रदेश सांसदहरूले अनियमिता भएको आरोप लगाएका छन्। प्रदेशसभाको सामाजिक विकास समितिले समेत यस विषयमा छानबिन गरिरहेको छ। यही बिषयमा अख्तियारमा समेत उजुरी परेको छ।

आपूर्ति व्यवस्थापन केन्द्र र सामाजिक विकास मन्त्रालयका पदाधिकारीको मिलेमतोमा निश्चित कम्पनीलाई ठेक्का पार्ने गरी स्पेसिफिकेसन तयार गरिएको, कम्पनीले पूर्ण दरभाउमा ठेक्का पारेको लगायतका आरोप प्रदेश सांसदहरूले लगाएका छन्। ‘खरिदमा आर्थिक अनियमितता र चलखेल भएको छ। कुनै पनि हालतमा यो प्रक्रिया रोकिनुपर्छ,’ प्रदेश सांसद प्रकाश बमले भने, ‘प्लान्ट उपकरण खरिदमा मिलेमतो देखिन्छ र पूर्ण दरभाउमा हालिएको कम्पनीलाई छनोट गरिएको छ।

सांसद बमले एउटा मेसिनको ४० हजार डलर अर्थात् ५१ लाखदेखि ५२ लाख पर्ने सुनिएको छ तर उक्त कार्यालयले २ करोड हाराहारीमा एउटा प्लान्ट खरिद गर्न लागेको दाबी गरे। यसबीचमा प्रदेशसभाको सामाजिक विकास समितिको निर्देशनमा सामाजिक विकास मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति नै गठन गरेर समितिलाई प्रतिवेदनसमेत दिएको छ।

समितिका पदाधिकारीहरूले असोजमा विभिन्न अस्पतालहरूको स्थलगत अनुगमनसमेत गरेको र उक्त उपकरण माग गरेरनगरेको बारेमा समेत सोधपुछ गरेका थिए। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश सांसदहरूको विवाद र विरोधकाबिच काठमाडौंस्थित एमएस लाइफ लाइन ट्रेड इन्टरनेसनल प्राइभेट लिमिटेडसँग सम्झौताको तयारी गरेको छ। केन्द्रले चारवटा प्लान्ट खरिदका लागि उक्त कम्पनीसँग सात करोड ३१ लाख ७२ हजारमा सम्झौताको तयारी गरेको छ। ‘सम्झौताका लागि १५ दिनको म्याद तोकेर माघ २५ गते पत्राचार गरिसकेका छौं,’ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर नीरज अर्यालले भने।

आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्यालले प्रदेश सांसदहरू ठेक्का नपाउने व्यापारीको उक्साहट र आर्थिक प्रलोभनमा परेर विरोध गरिरहेको आरोप लगाएका छन्। माओवादी केन्द्रका सांसद ओमविक्रम भाट, कांग्रेस सांसद प्रकाश बम र विक्रमसिंह धामीले व्यापारीहरूको उक्साहट र प्रलोभनमा परेर विरोध गरिरहेको अर्यालले आरोप लगाए। तर सांसदहरुले आपूर्ति केन्द्रको खरिद प्रक्रियामा विगतदेखि चल्दै आएको कमिसनको खेल दोहोरिन थालेको बताएका छन्।

निश्चित कम्पनीलाई टेन्डर पार्ने गरी मिलेमतोमा योजना बनाइएको र पाँच करोड बढी रकम अनियमितता हुन लागेकाले विरोध गरेको उनीहरुको तर्क छ। डाक्टर अर्यालले सामाजिक विकास समितिले आफ्नो कार्यालयमाथि छानबिन गर्नै नमिल्ने जिकिर समेत गरे। ‘उहाँहरूले आफ्नो क्षेत्राधिकार बुझ्नु पर्छ,’ डा। अर्यालले भने, ‘पहिले उहाँहरूले स्पेसिफिकेसनमा प्रक्रियामा प्रश्न उठाउनु भएको थियो, अहिले मूल्यमा प्रश्न उठाइरहनु भएको छ।’

उनले आफ्नो कार्यालयले खरिद गर्न लागेको प्लान्ट फिक्स वेभ हिट टेक्नोलोजी भएको बताए। सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले गत भदौमा टेन्डर भएको यो कार्यक्रममा विवाद भएकाले आफूले गम्भीर रूपमा लिइरहेको बताए। ‘यो विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यदि चलखेल नै हुने गरी प्रक्रिया अघि बढेको भए यो खारेज हुन्छ। अगाडी बढ्दै। यसअघि पनि ल्याब खरिदमा यस्तै भएको थियो र खारेज गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!