बाजुरा-बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिएनमा भारत सहितका देशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल विकले बताउनु भयो ।
उहाँका अनुशार खेल क्षेत्रबाट बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण पत्र दिएर सम्मान गरिएको हो । रानीवन क्लवमा आवद्ध भएर राष्ट्रिय स्तरको टिममा छनोट भई भारत लगायतका देशमा फुटवल खेलेर बाजुरा सहित गृह नगरपालिको पहिचान बढाएकोप्रति नगरप्रमुख अम्मर खड्काले बताउनु भयो ।
उहाँले बधाई सहित शुभकाना दिदै बडीमालिका नगरपालिकाले राष्ट्रिय खेलाडी नाथलाई आर्थिक सहयोग गर्ने भएको छ । खेलाडी नाथले खेल क्षेत्रमा नगरपालिको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा नाम प्ररिचित भएको र यसले गर्दा बाजुराका अन्य खेलाडीहरुको हौसला प्रदान हुने विश्वास उहाँले लिनुभएको छ ।
२०८० माघ १९ देखि २५ गतेसम्म बंगलादेशमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको अन्र्तराष्ट्रिय स्तरको खेलमा उच्च खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो ।