युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
143 पटक पढिएको

बाजुरा– बाजुराको मुटू सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपछि किन्नेको भिड लागेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा महंगीको मारमा परेका बाजुराका नागरिक अहिले डिपोमा चामल आएपछी किन्नेको भिड लागेको हो । एक महिना अगाडी एक दिन बितरण गर्दा सकिएको चामल फेरी एक महिनापछी बितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाले जनाएको छ । ढुवानी अनुदानमा आउने चामल ठेकेदार कम्पनीले ढुवानीमा ढिलासुस्ती गर्दा चामल बितरणमा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख उमेश भण्डारीले बताए ।
बजारको महंगीमा परेका सर्वसाधारण अहिले केहि सस्तो मोटा चामल आउँन थालेपछि किन्नेको ठुलो भिड लागेर चामल लिने गरेको उनले बताए ।
भदौ २४ मा सकिएको मोटा चामल करिब ७ महिनापछि आएपछि यँहाका स्थानिय तथा सदरमुकाममा अध्ययनरत् विद्यार्थीहरु चामल किन्नका लागि लाइन लाग्नुपरेको बताए । लामो समयपछि खाद्य संस्थानमा केहि मोटा चामल पुगेपनि किन्नेको भिड हुँदा केहिले बिचमै चामल सकिदाँ दिनभरि लाइनमा बसेर बेलुका रित्तै घर फर्किनुपर्ने बाध्यता रहेकाले थप चामल ल्याउनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बडिमालिका नगरपालिका ६ युवा सञ्जालका अध्यक्ष सागर विकले बताए । त्यस्तै खाद्य संस्थानमा कहिले काहँी आउँदा टाढाका नागरिकले थाहै नपाई चामल सकिने भएकाले आफू सधैँ बजारको चामल किन्नु पर्ने बाध्यता रहेकाले महंगीको मारमा परेको बडिमालिका ३ कि बैशागी सार्कीले गुनासो गरिन् ।पहिलो चरणमा आएको २ सय क्विन्टल चामल दुई दिन बिक्री हुदैँ सकिएको थियो । त्यसपछि थप एक सय क्विन्टल चामल आएपनि जिल्लामा केहि विपद्जन्य अवस्थाका लागि स्टोर गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यालयमा ताला लगाएको थियो । एक पटक ७० क्विन्टल र बिहिवार थप दुई सय क्विन्टल मोटा चामल आएपछि कार्यालयले वितरण सुरु गरेकोे खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख भण्डारीले बताए ।
अहिले १ सय २० क्विन्टल मसिनो र ३ सय ७० क्विन्टल मोटा चामल मध्ये आज करिब ३ सय क्विन्टल मोटा चामल बिक्री गरिने प्रमुख भण्डारीले बताए । बाँकी चामल जिल्लामा हुन सक्ने आपतकालिन अवस्थाका लागि राखिने उनले बताए । यस अघि कार्यालयले प्रति केजी ५४ रुपैँयामा बिक्री गर्दै आएको मोटा चामल यस पटक भने महंगोमा खरिद गर्नु परेकाले प्रति केजी ५९ रुपैँयामा बिक्री गर्नु परेको कार्यालयले जनाएको छ ।थप मोटा चामल ल्याउनका लागि अहिले ठेक्का प्रक्रियामा रहेकोले पहल भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए । मार्तडीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपनि कोल्टी बिक्री केन्द्रमा भने नपुग्दा त्याँहाका नागरिक महंगीको मारमा परेका छन् । कोल्टीमा केहि दिनअघि १ सय क्विन्टल मोटा चामल पुगेपनि बिक्री भएर सकिसकेको छ ।कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने १ सय बढि क्विन्टल जिरा चामल भएपनि निकै महंगो भन्दै नागरिकले किन्नै छोडेका छन् । सर्वसाधारण नागरिकले किनेर खान सक्ने मोटा चामल कोल्टीमा अहिलेसम्म नपुग्दा बजारमा महंगीको मारमा परेका छन ।हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियो भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।
।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!