बाजुरा – जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिकोट पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जगन्नाथ गाउँपालिका काप्रीका आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिदा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले बताएका छन् ।
स्थानीय दिर्घ सार्कीको घर निर्माणका लागि जग खनि रहेको अवस्थामा एक्कासी माथिबाट माटोको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको हो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।