84 पटक पढिएको
बाजुरा – जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ जोरुमा रहेको सत्यशाही आधारभुत विद्यालयमा कार्यरत शिक्षिका सुनिता रोकायालाई पदबाट हटाईएको छ । विगत २०६९ साल देखि विद्यालयमा ईसीडी शिक्षिका रोकायालाई पदबाट हटाईएको हो । करीव ११ वर्ष देखि विद्यालयमा काम गर्दै आए पनि एका एक पदबाट हटाईएको शिक्षिका रोकायाले गुनासो गर्नुभयो । विद्यालयमा प्रवेश गरे देखि न्युन पारिश्रमिकमा काम गरेको र त्यहिँ पनि पुरा नपाएर पदबाट हट्नु परेको उहाँको गुनासो छ । २०६९ मंसिर १ गतेबाट विद्यालयमा हाजिर हुनुभएकि शिक्षिकाले २०७० बैशाख १ गते ईसीडी पदमा अस्थायी नियुक्ति पाउनुभयो । काम गरेकै वर्षबाट तलव दिने भनिए पनि विद्यालयले तलव नदिदा एक वर्ष भोलेन्टीरमा सेवा गर्नु परेको र पछिल्लो वर्षबाट मासिक १५ सय दिने गरी नियुक्ति पाएर काम गर्न थालेको बताउनुभयो । विद्यालयमा १० वर्ष ११ महिना काम गर्नुभएकि रोकायाको आउदो वंैशाखमा ११ वर्ष पुग्दै छ । २०७० साल देखि विद्यालयमा ईसीडी पदमा कार्यरत रोकायाको तीन पटक सम्म तलव हेरफेर भयो । २०७० साल देखि ७३ साल सम्म मासिक १५ सय, ०७३ देखि ७८ सम्म मासिक ३ हजार र ०७८ देखि २०८० सम्म मासिक ८ हजार पुग्यो । तर कुनै पनि वर्षको पुरा तलव पाउनुभएन । मासिक १५ सयका दरले तीन वर्षको ५४ हजार, ३ हजारका दरले ५ वर्षको १ लाख ८० हजार र ८ हजारका दरले १ लाख ९२ हजार गरी जम्मा ४ लाख २६ हजार उहाँको तलव हुन्छ । जस मध्य हाल सम्म १ लाख २ हजार मात्रै लिुनभएको छ । आफुले पाउनु पर्ने वाकि ३ लाख २४ हजार रकम कहिले पाउने र कसले दिने भन्ने एकिन हुन नसकेको बताउनुभयो । विद्यालयमा श्रम वेचेको र पसिना पोखे अनुसारको तलव नपाएर पद खोसिएको उहाँको आरोप छ । शारिरीकरुपले अशक्त हुदा पनि काम गरेँ, वर्षको पुरा तलव नपाएर जागिरबाट हट्नु परेको दुखेसो पोख्नुभयो । विद्यालयमा कार्यरत रहदा एक न, एक दिन त पाईएला भन्ने आस थियो, अवत पदबाट हटियो, जागिर खोसियो, पाउन वाकि रकम पाईने होकि होईन भन्ने आसंका रहेको शिक्षिका रोकायाले बताउनुभयो । लामो समय देखि विद्यालयमा पढाउन थालेकि शिक्षिकालाई मासिक पारिश्रमिक नदिएर जागिरबाट हटाईएको श्रीमान दिलबहादुर रोकायाले बताउनुभयो । बेला बेला तलव वढाउने सहमति गरी शिक्षिकालाई विद्यालयमा अट्काईएको र अन्तिममा पाउने पारिश्रमिक पनि पुरा नदिएर श्रम शोषण गरीनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । २०६९ साल देखि काम गर्दै आएकि शिक्षिकालाई २०८० फागुन १६ गते पदबाट हटाएर अर्को नियुक्ति गरिएको छ । विद्यालयको ईसीडी पदमा लामो समय देखि सेवा गर्दै आएकि शिक्षिकालाई परीक्षामा फेल भएको वाहानामा आयोग्य ठानि अर्को नियुक्ति गरीएको उहाँले बताउनुभयो । ११ वर्षको लामो अनुभव बटुलेकि शिक्षिकालाई पदमुक्त गराएर अर्कोलाई नियुक्ति गर्नु राजनितिक प्रतिसोध भएको श्रीमान रोकायाले आरोप लगाउनुभयो । पार्टी आस्थावानलाई नियुक्ति गर्ने वाहानामा अयोग्य बनाउन परीक्षा नै सञ्चालन गरीएको र ११ वर्ष सम्म विद्यालयमा अट्काईएकि शिक्षिकालाई अयोग्य भनि हटाइएको भन्दै उहाँले आक्रोस ब्यक्त गर्नुभयो । अयोग्य शिक्षिका कसरी ११ वर्ष सम्म विद्यालयमा रहन्छन, अयोग्यलाई किन योग्य बनाईयो, किन पढाउन भनियो रु भन्दै उहाँले प्रश्न गर्नुभयो । शिक्षामा राजनितिकरण भएको भन्दै उहाँले गाउँपालिका भित्रका अन्य विद्यालयका ईसीडी शिक्षिकालाई पनि जोगिन सुझाव दिनुभयो । वुधवार स्वामीकार्तिक खापर गाउँपालिकाको शिक्षा शाखाले ईसीडी पदमा परीक्षा गराएर अर्कोलाई नियुक्ति दिएको छ । वारम्वार परीक्षा सञ्चालन गर्न दवाव दिएको शिक्षा शाखाले वुधवार परीक्षा गरी स्थानिय अबिसरा चदारालाई नियुक्त गरेको विद्यालयका प्रधानाध्याक जनक कडाराले बताउनुभयो । लामो समय देखि विद्यालयमा सेवा गरेकि शिक्षिकालाई हटाएर अर्को नियुक्त गर्नु आफुलाई पनि उचित नलागेको बताउनुभयो । सेवा गरेकै मान्छेले अवसर पाउनु पर्छ, हिजो न्युन पारिश्रमिकमा पनि काम गर्नुभयो, हामिले तलव दिन सकेनौं, काम गरेको १० वर्ष सम्म तलव पाउनुभएको छैन, अहिले एका एक हटाउनु राम्रो होईन, अवसर भए पनि उहाँलाई नै दिनुपर्छ भन्दै उहाँले शिक्षिका रोकायाको बचाउ गर्नुभयो । यस विषयमा गाउँपालिका संग बेला बेला समन्वय गरे पनि सुनुवाई नभएको र आफ्नो आग्रह मान्य नभएको उहाँले बताउनुभयो । पुरानो शिक्षिकालाई तलव दिन नसकेको अवस्थामा नयाँलाई नियुक्त गर्नु राम्रो नभएको बताउनुभयो । राजनितिक कारणले शिक्षिक, शिक्षिका मात्रै होईन विद्यालय समेत पेलिएको उहाँले आरोप लगाउनुभएको छ।
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs