युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
226 पटक पढिएको

बाजुरा : जिल्लाकाे मुटु सदरमुकाम मार्तडीमा रहेकाे बडिमालिका नगरपालिकामा पालिका भित्रै कर्मचारी बिच कुटाकुट भएको छ । यसरी जिल्लाकै सदरमुकाममा रहेकाे नगरपालिकामा कर्मचारी बिच एकआपसमा कुटाकुट भए पछि बेला बेला नगरपालिकाले नयाँ रेकर्ड बनाउदै गरेको स्थानिले बताएका छन् । समृद्ध नगर सुखि नगरबासि नगरकाे नारा भएको भएता पनि समयसमयमा नगरपालिकामा नमुना घटनाहरु बाहिर आउँन थालेपछि नगरपालिका प्रति प्रश्न चिन्ह खडा भएको छ । कहिले कार्यालयका कर्मचारी बिच कार्यालय भित्रै कुटाकुट,कहिल्यै कर्मचारी बिच गालिगलाेज,कहिल्यै कर्मचारीलाई धम्काउने ,थर्काउने जस्ता नराम्रा प्रबृत्ति नगरपालिकामा बढ्दै गएका छन् ।

हिजाे मात्रै  बडिमालिका नगरपालिकाका दुई जना कर्मचारी बीच एकआपसमा कुटाकुट भएको घटना बाहिरिएको छ । कर्मचारीहरु बीच एक आपसमा कुटाकुट भएपछि एक कर्मचारी घाइते समेत भएकी छन् । मेड्पा परियोजना प्रमुख रन्जीता शाहीले आफ्नै कर्मचारी माथि हातपात गरेकाे घटना अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेकाे छ । हिजाे दिउँसो कार्यालय समयमै शाहीले कार्यालयकी आफ्नै कर्मचारी कबिता कुमारी सुर्यबंसी माथी हातपात गरिएकाे बताइएको छ ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के. सी. आइसकेपछी दैनिक कामको बिवरण सहितको कार्यसम्पादन गर्ने नियम बनाएपछि कार्यसम्पादन कागजात शाखा प्रमुखले च्यातेर फालिदिएपछी बिबाद हुदै चर्काचर्की भएको  नगरपालिकाका एक कर्मचारीले बताएका छन् । कार्य सम्पादनकाे कागजात कै बिषयलाई लिएर आफुमाथी हातपात भई कुटपिट भएको घाइते कर्मचारी कबिता कुमारी सुर्यबंसीले बताएकी छन। प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्बन्धी डकुमेन्ट दिएको र सो डकुमेन्ट शाखा प्रमुख शाहीले च्यातिदिएपछी बिबाद सुरु भएको घाईते कर्मचारी सुर्यबंसीले बताएकी छन्। उनिमाथि कुटपिट भएपछी उनकाे टाउकोमा चोट लागेर अहिले जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचारत रहेकी छ्न ।
यता प्रमुख प्रशाशकिय अधिकृत के. सी . ले भने दुबै कर्मचारीहरु बिच आन्तरिक द्धन्द्ध हुँदै आएको थियो, हुनसक्छ यहि रिस रागमा याे घटना घट्न गएकाे उनले बताएका छन् । आफु चाहिँ आज धनगडी जानुपर्ने भएकोले सो कुरालाइ आफु आइसकेपछी मिलाउने अधिकृत केसीको भनाइ रहेकाे छ ।कर्मचारी कबिता कुमारी सुर्यबंसीले भने पहिला देखी शाखा प्रमुख शाहीले आफुलाई हेप्दै आएको  आरोप लगाएकी छन् । शुक्रबारको घटना बाहिर आए पनि यस अघि पनि कार्यालयमा छाडा गालि गर्ने र हेप्ने गरेको उनले बताएकी छन् ।कार्यालयमा शाहीले परियोजनाको पैशा समेत हिनाबिना गरेकी  छन् , सामान खरिद गर्दा आफ्नै मनपरी गरेकी छन् , यहीँ बिषयमा  कुरा उठाउदा आफुमाथी आक्रमण भएको उनले बताईन्।
जिल्लाकै नमुना नगरपालिका हुनु पर्ने ठाउँमा नगरपालिकामा अहिले विभिन्न घटनाहरु बाहिरिदै गर्दा नगरपालिकाको प्रशासन माथी प्रश्न उठ्न थालेकाे छ । नगरपालिका भित्रै कर्मचारी कुटिन्छन्,पालिका भित्रै कर्मचारी बिच मनमुटाव छ ।पालिका भित्रै कर्मचारी नमिल्ने पालिकाले कसरी जनताकाे सेवा दिन सक्छन् भनेर अहिले सबै नगरबासिहरुले पालिकालाई हाेच्याईरहेका छन् । पालिकाले कहिल्यै राम्रो काम गर्न सक्दैन,कहिल्यै कार्यलयमा कर्मचारी हुदैनन् ,कहिल्यै अधिकृतकाे समस्या हुन्छ,कहिल्यै कर्मचारी कुटिन्छन् ,कहिल्यै कार्यालयका कर्मचारी लाई हप्काईन्छ,थर्काईन्छ पालिकाकाे याे प्रबृत्तिले सेवा प्रबाहमा निकै समस्या भईरहेकाे स्थानीयले बताएका छन् । नगरपालिकाका यस्ता घटनाले अहिले सबैले पालिकाकाे आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!