युनिकोड    राशिफल    एफएम रेडियाे                        
290 पटक पढिएको

बाजुरा/  साहित्यकार कमला पौडेलद्वारा लिखित पहिलो मुक्तक संग्रह “मुक्त आकाङ्क्षा ” को लोकार्पण समारोह कार्यक्रम सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच बरिस्ठ साहित्यकार मोतीराज बमको प्रमुख आतिथ्यमा सामुदायिक प्रहरी सेवा केन्द्र गंगबुको सभा हलमा साहित्यकार कमला पौडेलको पहिलो मुक्तक संग्रह ” मुक्त आकाङ्क्षा” को लोकार्पण समारोह कार्यक्रम सम्पन्न भएको आयोजक कृष्णकला पौडेल तथा परिवारले जनाएको छ ।

सानै समयदेखि साहित्य बिधामा कलम चलाउदै आउँनु भएकी पौडेलले लामो समयको अथक प्रयास पछि आफ्नो पहिलो मुक्तक संग्रह ” मुक्त आकाङ्क्षा” बजारमा ल्याउन सफल हुनभएको छ । आफ्नो मेहेनतलाई थाति राखेर जिवनमा हरेक बाधा कष्टहरु झेल्दै साहित्यमा कलम चलाई अहिले मुक्तक संग्रह बजारमा ल्याउन पाउँदा आफुलाई निकै खुसि लागेको साहित्यकार पौडेलले बताउनुभएको छ । आफू लाई साहित्यमा कलम चलाउन हौसला दिनुहुने अग्रज साहित्यकार तथा यो धर्तीमा पाईला टेकाएर उज्यालो संसार देखाउने आफ्ना भगवान रुपि आमा बुबा  दाजुहरु तथा दिदीलाई हृदयदेखि नै धन्यबाद दिनुभएको छ । साथै आमा- बुबा दाजुहरु तथा दिदीको माया ममताले अहिले आफू थोरै भएता पनि उनिहरुको मुहारमा खुसि छर्न सकेको उनले बताएकी छन् ।उक्त लोकार्पण समारोह कार्यक्रममा बोल्दै मुक्तककार सुनिल अधिकारीले हेर्दा मुक्तक लेख्न सजिलो जस्तो लागेपनि संरचनामा बाधिएर लेख्न निकै कठिन हुँने बताउनुभएको थियो ।

साथै सानो उमेरमै मेहेनत आफ्नो लगावले राम्रा-राम्रा रचनाहरु समेटेर मुक्तक संग्रह बजारमा ल्याउन सफल भएको प्रती साहित्यकार तथा “मुक्त आकाङ्क्षा” मुक्तक संग्रहकी लेखिका पौडेललाई धन्यबाद सहित शुभकामना दिनुभएको थियो । त्यस्तै साहित्यकार नारायण नेपालले साहित्यमा गामबेसीको मर्म आउनुपर्नेमा जोड दिएका थिए ।साहित्यकार पौडडले आफ्नो मुक्तक संग्रहमा हरेक कुराहरुलाई समेटेर समाजको देशको यथार्थ चरित्र चित्रण गरेर लेखेको कुरा प्रती उहाँले साहित्यकार पौडेललाई शुभकामना साहित धन्यबाद र आगामी दिनहरुमा साहित्यमा थप कलम चलाई राख्न पनि सुझाव दिएका थिए ।आख्यानकार समेत रहेका चेतनपथ माधवले बिश्वका कुनै महान साहित्यकारले त्रुटिरहित सिर्जना गर्न नसक्ने हुनाले साहित्यकार कमलाले सिक्दै अगाडि बड्न सक्ने कुरा बताएका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बमले साहित्यले राजनीतिको मात्रै नभई देशको चलिरहेको हरेक खराब पक्षलाई हटाउन मद्दत गर्ने कुरामा जोड दिदै साहित्यकार पौडेलाई अझै प्रगतिको सानदार शुभकामना दिनुभएको थियो ।सानै उमेरमा यति मिठा रचनाहरु लेख्ने खुबि भएको मान्छे पछिपनि सोचेभन्दा राम्रा रचनाहरु लुख्ने खुबि पौडेलमा आउँने उनले बताएका थिए ।मेरो सानैदेखिको रहर आज पुरा भएको छ भन्दै साहित्यकार पौडेलले आफ्नो कृति ल्याउन सहयोग गर्ने सबै प्रती धन्यवाद समेत दिएकी थिइन् ।उक्त बिमोचन कार्यक्रमको ब्यबस्थापनमा चर्चित मुक्तककार जिज्ञासु पौडेल तिलकले महत्त्वपूर्ण भुमिका खेलेका थिए । यस्तै लेखिकाको साथी रिमा थापा र दिदी शारदा पौडेलले पनि कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उक्त लोकार्पण समारोह कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण नेपाल , साहित्यकार बैरागी जेठा , साहित्यकार रसुवाली कवि , मुक्तक बिधामा स्थापित मुक्तककारहरू सुनिल अधिकारी , एच।के धिताल , राजेन्द्र घिमिरे तथा साहित्यकारहरू श्यामराज पाठक , छविरमण सिलवाल , चेतनपथ माधव लगायतले संयुक्त रूपमा ” मुक्त आकाङ्क्षा”मुक्तक संग्रहको बिमोचन गरेका थिए । उक्त बिमोचन कार्यक्रमको संचालन चर्चित हास्य कलाकार एन्टिना घनश्यामले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!