जनप्रतिनिधि, कर्मचारी, प्रहरी र पत्रकार लगायत सरोकारवाला सम्मीलित अनुगमन टोलीले कोल्टी बजारमा सञ्चालित होटल, पसल र मेडिकल हल लगायतको अनुगमन गरेको हेलो मेयर कार्यक्रम प्रमुख कालिका उपाध्यायले जानकारी दिनुभयो । पसल दर्ता भए, नभएको र विक्रि वितरण हुने खाद्य तथा पेय पदार्थको अवस्था वारे जाचँवुझ गर्न अनुगमन गरीएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कोल्टी बजारमा सञ्चालित विभिन्न पसलले म्याद गुर्जेका सामागी्र विक्रि वितरण गरेको पाईएको उहाँले बताउनुभयो ।
होटल तथा पसलबाट विक्रि वितरण हुने म्याद गुर्जेका खाद्य तथा पेय पदार्थ र मेडिकलबाट विक्रि वितरण हुदै आईरहेको औषधी वरामद गरीएको नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो । उहाँका अनुसार उद्योग वाणिज्य संघ कोल्टीका अध्यक्ष काशिराम थापाको पसलबाट सानो र ठुलो जुस गरी १० प्याकेट, विशाल जनरल स्टोरबाट ११ पीस विस्कुट, कोटीला जनरल स्टोरबाट ४ पीस धनियाँ र ७ प्योकट धारा तेल, संगित जनरल स्टोरबाट ८ पाकेट चियापत्ति, २५ पाकेट हल्दी, १ डिब्बा हजमुला, राज किराना फलफुल पसलबाट ८ पीस टेकसच्वाईस विस्कुट, वुद्ध हिमाली मम सेन्टरबाट २ डिब्बा चुईगम वरामद गरीएको छ ।
त्यस्तै काँशि खड्काको पसलबाट ६ पाकेट भुजा, अमर बहादुर कार्कीको पसलबाट ३ पाकेट सुजी, १० पाकेट चीउरा, ८ पीस दालमोट, प्रभा मेडिकल स्टोरबाट भिपी कम्प्लेक्स ईन्जेक्सन १० वटा, स्वर्गद्धारी फार्मेसीबाट वुस्कोरेष्ट २३ एम्पल र हायोसीन विउटाइल व्रोमाइट २० एमजी वरामद गरीएको उहाँले बताउनुभयो । वरामद गरीको समान नगरपालिका परीसरमा नष्ट पारीएको छ । अनुगमनका क्रममा ७५ वटा पसल विना दर्ता सञ्चालनमा रहेका पार्ईएको समेत प्रवक्ता रोकायाले बताउनुभयो । अनुगमन टोलीले म्याद गुर्जेका सामाग्री वेच विखन नगर्न र दर्ता नभएका पसललाई अनिवार्यरुपमा दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।
नगरपालिकाले बेला बेला अनुगमन गर्दा पनि ब्यापारीले वदमासि गरेको पाईए पछि सचेत गराईएको प्रवक्ता रोकायाले बताउनुभयो । अनुगमनका क्रममा अधिकासं ब्यवसायीले विना दर्ता पसल सञ्चालन गरेको, पसलमा मुल्य सुची अनिवार्य राख्नु पर्ने भए पनि नराखेको, म्याद गर्जेका सामाग्री विक्रि वितरण गरी उपभोक्तालाई ठग्ने गरेकोले आगामी दिनमा यस्तो समस्या नदोहोर्याउनका लागि सचेत गराईएको छ । नगरपालिकाले यस अघि विना दर्ता सञ्चालनमा रहेका पसललाई अनिवार्य दर्ता प्रक्रियामा आउन र वन्द गर्न चाहाने पसललाई निवेदन दिन सार्वजनिक सुचना गरेको थियो ।