युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
83 पटक पढिएको

दयाराम पण्डित, बाजुराः  बाजुराको सदरमुकाम मार्तडी प्रवेश गर्ने मुल बाटो बाउली खोलाको पूल अलपत्र परेको छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत जिल्ला सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रिज निर्माण सम्झौता भएको ढाई वर्ष वितिसक्दा पनि पाँच प्रतिसत काम पनि भएको छैन । टिडि आर जुगल कौसिक जेभिले उक्त व्रिज गत असार १२ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने थियो । म्याद थपायो अझै निर्माण कार्य सुरु भएको छैन ,सडक डिभिजन साँफेबगर अछामले जनाएको छ ।

बडिमालिका नगरपालिका लगायत उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह जोड्ने मुख्य पुल निर्माणको तिन वर्ष पुग्न लाग्दा पनि बनेको छैन । पूल नहुंदा सदरमुकाम आवागमनमा निक्कै अप्ठेरो भएको छ । यातायात सेवा नियमित नहुंदा यात्रुले पैदल अनि चर्को भाडा तिर्नुपरेको विछ्याँ मा।वि बिछ्याँका शिक्षक नहकुल जोशीको भनाई छ । बाउली खोलामा पुल नबन्दा बर्षेनी खच्चडमा महंगो भाडा तिररे सामान ढुवानी गर्नुपरेको छ

 

द्वारी भीरबाटोमा रहेको जीर्ण झुलंगे पूल तरेर बालावालिका स्कुल जान सक्दैनन् काठे साँघु वर्षको भेलले वगाई लैजान्छ । जिल्ली, पानीखाल, रतुडा ,झराउले खर्सेखाडाबाट मार्तडी पढ्न आउने बालवालिकालाई सकस भएको छ। त्यसैगरी द्वारी देवताको मन्दिर माथिबाट पूरानो झुलङ्गे पूल छ, बाहिर सरेकी (महिनावारी) महिलाले उक्त बाटोबाट हिड्ने चलन छैन। वर्षमा महिनावरी हुँदा रतुडा ,झराउले जिल्ली,पानीखाल ,रजातोली र ढम्कनेकी स्थानीय महिला तथा छात्राहरु सदरमुकाम मार्तडी आउन ठप्प हुन्छौं बडिमालिका ८ झराउलेकी अप्सरा रावलले भन्नुभयो । बाउलीमा पक्की पूल बनेको भए हामीलाई यति समस्या हुने थिएन, रावलको भनाई छ ।

 

तिन महिना काम गरेको ज्याला पनि पाएको छैन । काम गराउने ठेकेदार सम्पर्क विहिन छन्। न त पूल बन्यो न काम गरेको ज्याला पाईयो बडिमालिका नगरपालिका वडा नं ८ का जयबहादुर ऐडीले भन्नुभयो । दिनको १२सय रुपैंया दिन्छु भनेर खोलाको किनारामा रातदिन नभनि डेड महिना सम्म श्रीमानले काम गरे । ज्याला पाउने बेला ठेकदार भागेर गए । दसैंमा भुक्तानी गर्छु भन्थे आजकाल सम्पर्कविहिन छन् स्थानीय चन्दा अयडीको गुनासो छ । रोडी–गिट्टी कुटेर जहान परिवारको गुजरा चलाउने हामी मज्दुरको ज्याला भुक्तानी गराईदिन सबैलाई आग्रह गरेका छौं मजदुर ऐडीको भनाई छ ।

 

प्रमुख जिल्ला अधिकारी भीमकात्न पौडेलका अनुसार बाउली खोलाको पाँच सय मिटर लम्वाई हुने आरसिसि व्रिज निर्माण गर्न जिल्ला प्रशासन कार्यालयबाट बारम्वार ताखेता गरिएको छ। सदरमुकाम जोड्ने बाउलीको मुख्य पूलको स्थलगत अनुगमन पनि गरिएको छ । “म त्यही गएर कन्ट्याक्टरको मान्छे पंकज भट्टलाई भेटेर काम छिटो सूचारु गर्न निर्देशन दिएको छु । पाँच सात दिनमा काम सञ्चालन गरेर असारमा सकाउछु भन्थे खै के गर्छन्। ” प्रजिअ पौडेलले भन्नुुभयो । जिल्लामा ठेका स्वीकृत भएका तर काम नगरेका धेरै आयोजनाहरुको छड्के अनुगमन भैरहेको छ । पाँच सातजना ठेकेदार सम्पर्कमा आएका छन् । ठेकेदारलाई खोजी काम गराउँदै छौं प्रजिअ पौडेलले भन्नुभयो । साँफे मार्तडी सडक खण्ड मर्मतका सन्दर्भमा भने कतिपय ठाउँमा स्थानीयबाट अवरोध भएको गुनासा आएका छन् । विकासकार्यमा स्थानीयलाई सुझाउन पालिकालाई भनेको छु, प्र जि अ पौडेलले भन्नुभयो ।

 

गत जेठमा आएको बाउली खोलाले निर्माणधिन पूल बाढि पहिरोमा परेपछि काम अवरुद्ध भएको हो । पहिले कामको जिम्मा पेटी कन्ट्याक्टर भोजराज बुढालाई दियौं। उनले काम गरेनन् रुपिया मात्र खाएछन् । झण्डै तिस पैंतिस लाख रुपैंया तिर्नुपर्छहोला ।पहिले श्रमिकको रकम तिछौं, मेशिन आउँदैछन् एक हप्तामा काम सञ्चालन गछौं टिडि आर जुगल कौसिक जेभिका सञ्चालक नरेश ओझाको भनाई छ ।२०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीसंग वीस महिनामा सम्पन्न गर्नेगरी पाँच करोड ५८ लाख अठाअसी हजार रुपैंयामा सम्झौता भएको डिभिजन सडक अछामको पत्रमा उल्लेख छ । मोविलाईजेशन पेश्की भनेर २४ लाख ७५ हजार रुपैंया भुक्तानी लिई सकेको छ । काम नभए पछि गत असार म्याद थप गरिएको छ कामभने अझै सुरु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!