
दयाराम पण्डित
बाजुराः
लगातारको अबिरल वर्षाका कारण शनिबार राति बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख कबिता बिष्टको घर लगायत चैडिल भुवखाडाको पुरै वस्ती जोखिममा परेको छ । शनिबार राति आएको पानीका कारण घरमाथि बाट पहिरो खस्दा भलमाटो घरभित्र पसेको हो ।
बस्ती जोखिममा आइतबार बिहानै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत स्थानीय बासिन्दाले उप–मेयर विष्टको उद्धार गरेका हुन् । उपमेयर विष्टको घर भग्नावेश भएपछि आइतबार बिहानै त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा सारिएको छ ।
उपप्रमुख कविता विष्टको घर रहेको अगाडी पछाडी दुवै ठाउँमा पहिरो गएको छ । केही समय अगाडी सदरमुकाम मार्तडीमा घुम्ती सडक निर्माणका लागि उपप्रमुख विष्टको घर रहेको अगाडी पछाडी दुवै ठाउँमा डोजर प्रयोग गरेर बाटो काटिएको थियो ।