बाजुराःयस बर्षको माध्यामिक शिक्षा परिक्षा ९एस।ई।ई० मा जिल्लाबाट २ हजार ९ सय ३४ बिद्यार्थी सहभागि हुने भएका छन् । २०८० चैत्र १५ गतेबाट संचालन हुने माध्यामिक शिक्षा परिक्षा ९एस।ई।ई० मा जिल्लाबाट सो संख्यामा बिद्यार्थी सहभागि हुने भएका छन्। जिल्लाबाट माध्यामिक शिक्षा परिक्षा एस।ई।ई मा नियमित तर्फ छात्रा १ हजार ५ सय ३५ र छात्र १ हजार ३ सय ९९ जना बिद्यार्थीहरु परिक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ । यता ग्रेडवृद्धी तर्फ भने छात्र ५२ र छात्रा ४८ गरी एक सय जना परिक्षामा सहभागि हुने भएका छन् ।
गत आर्थिक बर्षको तुलना भन्दा यस आर्थिक बर्षमा बाजुराबाट माध्यामिक शिक्षा परिक्षा एसईईमा सहभागि हुने बिद्यार्थी संख्या कम रहेको पाईएको छ । गत आर्थिक बर्षको एस।ई।ई परिक्षामा ३२ सय बिद्यार्थी सहभागि रहेका थिए भने यस बर्ष २९ सय ३४ जना विद्यार्थी परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ ।जिल्लामा १५ वटा परिक्षा केन्द्र रहेका छन् ।











