युनिकोड    राशिफल    एफएम रेडियाे                        
250 पटक पढिएको

बाजुराः बाजुरामा एकैपटक सात हजार बढी स्याउ रोपिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ अँगाउपानी ९काँध० मा १ सय १५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सय बोट स्याउ रोपेर सामुदायिक बृहत स्याउ बगैँचा स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्र बाजुरा को बृहत विशेष उत्पादन कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका ९ अँगाउपानी ९काँध० मा १ सय १५ जना परिवारको सहभागितामा ७ हजार ३ सय बोटको करिव २५ हेक्टरमा एउटै क्लष्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरिएकोे कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रसाद जैशीले बताउनुभयो ।
सोही स्थानमा आगामी बर्ष थप ७ हजार सात सय बोट थप गरि पन्ध्र हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुखले जैशीले बताउनुभयो । सोही बृहत स्याउ बगैचाबाट अबको ५÷६ बर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्वीन्टल स्याउ उत्पादन भई किलोको रू एक सय का दरले बिक्रि गर्न सकेमा करिब ४ करोड ५० लाख रकम ती १ सय १५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ ।

अँगाउपानी ९काँध० मार्तडी – कोल्टी सडकाको आसपासको क्षेत्र भएकोले कृषि पर्यटन मार्फत निकै नै लाभ लिन सकिने र या क्षेत्र स्याउ उत्पादनका लागि उपयुक्त भएकाले कृषि ज्ञान केन्द्र बाजुरा को बृहत विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागिएको बुढीनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुुभयो ‘यहाँका अधिकांश कृषकले स्याउ खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा थोरैले मात्रै सो खेती गर्ने गरेको र सो क्षेत्र कृषि प्राविधिकको जाँचबुझ र आवश्यक परामर्शबाट खेती गरे कृषकले मनग्गे आम्दानी लिन सक्ने भएकाले कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।

‘फलफूल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं’ भन्ने अभियानका साथ आफुहरु अगाडी बढेको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बताउनुभयो । अहिले फलफुल रोपे ५÷६ बर्षपछि निरन्तर बिना मेहनत बोट फल्ने भएकाले कृषकहरुका लागि फलफुल खेती पेन्सन सोसरह भएकाले प्रोत्साहनका लागि यस्ता कार्यक्रम संचालन गरिएको नगरप्रमुख बोहराको भनाई छ ।बृहत स्याउ बगैँचा स्थापनाका लागि बृहत विशेष उत्पादन क्षेत्र संचालक समिति, हरित स्वंयमसेवक, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कृषि विकास शाखा बुढीनन्दा लगायत स्थानिय कृषकलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।

स्याउ बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं ९ अँगाउपानी, वडा नं ३ को ताडी, घोडाकोट, हिमाली गाँउपालिका–१ को बाम,नेटा,चिन वडा नं २ को कोटीगाँउ, रुम्दी, वडा नं ३ को गुम्बा, वडा नं ४ को बोर्ता, वडा नं ५ को बछ्या,ग्याम्चु, खामलेक र ६ को झिनी स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं ३ मा रहेको संकल्पे, संैदेओ, जेवाले, खुन्का, लोथी र वडा नं १ को जोरु र गौेमुल गाउँपालिका वडा नं १ को अम्लिश, अन्द्राडी, वडा नं ४ को निलासैन लगायत विभिन्न स्थानमा स्याउ उत्पादन हुने गर्दछ ।बाजुरामा गत वर्ष उत्पादन भएको मध्ये २० लाख बराबरको स्याउ धनगढी, नेपालगञ्ज लगायतका विभिन्न शहरमा निर्यात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!