बाजुराः शुक्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरीएको छ ।जिल्लाको जगन्नाथ गाउँपालिका– ३ की २८ वर्षीया दुर्गा बुढालाई सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बुढाको जिल्लामा नै अप्रेशन गरेर बच्चा जन्माएको भएपनि अप्रेशनपछि बच्चा र आमालाई खतरा बढेकाले रिफर गरिएको छ । सुत्केरी महिला र बच्चा नै जोखिममा भएकाले थप उपचारका लागि अस्पतालबाट रिफर गरेर सुर्खेत पठाइएको हो ।
जिल्ला अस्पताल बाजुराले सुत्केरी महिला र बच्चाको अवस्था जटिल भएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर हेलिकप्टरमा पठाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिएका छन् । सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो ।











