युनिकोड    राशिफल    एफएम रेडियाे                        
324 पटक पढिएको

बाजुराः परम्परागत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले बडीमालिका नगरपालिकाले बृहत कृषी तथा खाद्य मेला प्रदर्शनी कार्यक्रम सम्पन गरेको छ । कृषकहरुले लगाइएको कृषि तथा खाद्य मेलाको प्रदर्शनी गर्दै सम्पन गरेको हो । कृषी तथा खाद्य मेला प्रदर्शनी कार्यक्रममा ४० जना कृषकहरु सम्मानित भएका छन् ।

 

बडीमालिका नगरपालिका कृषी शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरा, गिप्ट नेपाल,आईएनएफ र डब्लुएपिको सहजीकरणमा सम्पन्न कृषि तथा खाद्य मेला प्रदर्शनीमा उत्कृष्ट भएका कृषकहरुलाई आज एक समारोहबीच सम्मान प्रदान गरिएको हो ।कृषि मेला प्रदर्शनी तथा खाद्य बाली प्रदर्शन कार्यक्रममा काउली वर्ग, लहरेबाली, जरेबाली, फलफुल प्रजाति, उखु खेती र विविध शीर्षकमा गरी ४० जना उत्कृष्ट कृषकहरुलाई छनोट गरेर सम्मान गरिएको बडीमालिका कृषी शाखाका प्राविधिक रमेश विकले बताउनु भयो ।

 

कृषि मेलामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय भएका कृषकहरुलाई कृषी साम्रागी सहित प्रमाणपत्रले सम्मान गरिएको हो । कृषि मेला प्रदर्शनीमा सहभागी भई सम्मानित कृषकहरुले मूल्याङ्कनसहित आफूहरुलाई पुरस्कृत गरेकोमा धन्यवाद दिएका छन् ।बृहत कृषी तथा खाद्य मेला प्रर्दशनी कार्यक्रममा बडीमालिका नगरपालिकाका ९ वटै वडाले कृषिमा आधारित देउडा प्रतियोगिता समेत गरेको थियो । जसमा बडीमालिका १ नम्मर वडा प्रथम ,५ नम्मर वडा दृतिय र ८ नम्मर वडाले तृतिय स्थान ल्याएको थियो । तिन वटै वडाका प्रतियोगिहरुलाई ३० हजार रुपैयाँ प्रदान गरिएको कृषि शाखा प्राविधिक विकले जानकारी दिनुभयो ।

 

बडीमालिका नगरपालिकाका ९ वटै वडाका कृषकहरु आफूले स्थानिय स्तरमा उत्पादन गरेका स्थानीय कृषि उपज तथा फलफुल प्रजातिका उत्पादनहरु बृहत कृषि तथा खाद्य मेला प्रदर्शनीमा ल्याएका थिए । कृषि मेला प्रदर्शनीमा १२ वटा स्टल समेत राखिएका थिए । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुको प्रचारप्रसार तथा कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि मेला प्रदर्शनी गरिएको बडीमालिका कृषी शाखा बाजुराका प्राविधिक रमेश विकले बताएका छन् ।बडीमालिका नगरपालिकाको स्थानिय स्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफुलको प्रदर्शनी र प्रचारप्रसार एवं स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको जनाइएको छ ।

 

‘कृषी,शिक्षा ,स्वास्थ्य,पर्यटन र पूर्वाधार,बडीमालिका नगरपालिका समृद्धीको प्रमुख आधार भन्ने मूल नारासहित कृषी तथा खाद्य मेला प्रदर्शनीको आयोजना गरेको थियो । नगरप्रमुख अम्मर खड्को अध्यक्षतामा संचालन गरिएको कृषी तथा खाद्य मेला प्रदर्शनी कार्यक्रमका प्रमुख अथिती समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए ।त्यस्तै कार्यक्रममा नेकपा एमाले बाजुराका सचिव कासी विक , कृषी ज्ञान केन्द्र बाजुरा निमित्त प्रमुख मिनप्रशाद जैशी लगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भने कृषी शाखा प्राविधिक रमेश विकले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!