युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
1,155 पटक पढिएको

बाजुरा : सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्लास्थित बुढीनन्दा नगरपालिका–७ पाण्डुसैनकी अमिसा कार्की कलिलै उमेरमा पाइलट बन्ने भएकी छन् । सर्घष गरेर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा पाइलट पढ्दै र परीक्षण उडान भर्दै गरेकी छन् ।

उनले अफ्रिकामा पाइलटको ट्रेनिङसहित पहिलो परीक्षण उडान सफल भएको बताएकी छन् । गत मङ्सिर नेपाल छोडेकी अमिसाले साउथ अफ्रिकामा पाइलट कोर्ष अध्ययन गरेकी हुन् ।

उनका बुवा मीन बहादुर कार्कीले छोरीको सपना सफल हुन लागेकोमा आफू निकै हर्षित भएको बताएका छन् । उनले भने छोरीको पाईलट कोर्ष पुरा गर्न १८ महिना लाग्ने भएको छ । अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ ।

अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंमा १२ पास गरेर साउथ अफ्रिका उडेकी थिइन् । बाल्यकालदेखि नै उनको सपना पाइलट बन्ने थियो । भने बुवाको सपना छोरीलाई डाक्टर बनाउने सपना थियो । तर छोरीको इच्छा, चहाना र सपनालाई साकार पार्न सकिनसकी पाइलट पढाएको र अझै सफल हुन बाकी रहेको मीनले बताएका छन् ।

साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परीक्षापछि पाईलट बन्ने र नेपालमा उडान गर्ने उनले बताए ।

छोरीले गरेको मेहनत, संघर्षले आफू खुशी र आनन्दीत भएको बताए । अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । हाल सदरमुकाम मार्तडीस्थित सञ्चिलित क्रेयटर जोन एकेडेमी बोडिङ्ग स्कुलका प्रिन्सिपल हुन् ।

समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिन बहादुर कार्कीले बताएका छन् । उहाँ भन्छन् छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनु पर्छ, ।

अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् ।

सुदूरपश्चिमकै पहिला महिला पाइलट बनेको भन्दै सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । अमिसाले बाजुराको मात्रै होइन् सुदूरपश्चिमकै शिर उचो बनाएको कतिपयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!