राम बहादुर दानी बाजुरा- जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बुढीगँगा नगरपालिका वडा नम्बर ५ कोटवाडाकी एक युवा उद्दमी सुशिला मिजारको कृषि व्यवसाय निकै नै फस्टाएको छ ।
उद्दमी मिजारले आफ्नै गाँउमा सुशिला कुखुरा फर्म दर्ता गरि सँचालनमा ल्याएकी हुन। कक्षा ११ मा अध्यायन गर्दै गरेको समय देखिनै उनी यो व्यवसायमा लागेकाी थिईन । उनी हाल विवि. एस तेस्रो वर्षमा अध्यायनरत छिन । गरे के हुदैन सबै कुरा सम्भव छ भन्ने लक्ष वोकेर पढ्दै केही गर्नु पर्छ भन्ने महान सोचकी उद्दमी मिजारले करिव ५ वर्ष पहिला देखि नै यो ब्यबसाय सँचालनमा ल्याएकी हुन ।
करिव ५ लाखको लगानीमा व्यवसाय सुरु गरेकी मिजारले बर्सेनि ५ लाख बरावरको आम्दानी गरेको वताईन । बाजुराकै कुशल उद्दमीको रुपमा मानिने मिजारले प्राविधिक शिक्षा भेटनरी जेटिए पनि पास गरेकी छन। प्राविधिक शिक्षा लिएसँग आफुलाई यो पेषा गर्न थप हौसला पुगेको उनी बताउछिन ।
आफ्नै गाउमा व्यबसाय सुरु गरेकी मिजारसँग अहिले ५०० वटा कुखुराका चल्दा रहेका छन । साना च्ललाहरु ल्याएर हुर्काउदै विक्रि गर्नु पर्छ उनी वताउछिन कति पय चल्दाहरुमर्ने गर्छन तर पनि व्यवशायबाट राम्रै भै रहेको छ । घर नजिकै तरकारी खेतीका लागि टनेल छ भने नजिकै कुखुरा फर्म पनि बनाएकी छन ।
आफुले गरेको यो ब्यबसायबट दुईवटा भाइ बहिनीलाई धनगढी राखेर महँगो प्राविधिक शिक्षा पढाइ रहेको वताउछिन । पढेर जागिरको मुख ताक्नु भन्दा सीप अनुसारको व्यवशाय गर्नुको आनन्द बेग्लै हुन्छ उनको भनाई रहेको छ । मिजारले आफुले मात्र यो व्यवशाय गरेर ब्यक्तिगत स्वार्थ नभै अन्य युवाहरलाई पाठ सिकाएको प्रष्ट भएको छ ।
युवा उद्दमी मिजार सामाजिक कार्यमा पनि त्यत्तिकै लगनशिल रहेकी छन । कोभिटड(१९ कोरोना भाईरसका कारण बाजुरामा अक्सिजनको कमप भएको समयमा गत जेष्ठ महिनामा बाजुरा अस्पताललाई अक्सिजन पलान्ट खरिदका लागि रु ५००० सहयोग गरेकी थिईन । त्यस्तै बचेको समयको सदुपयोग गरि उनले गिट्टी कुटेर कमाएको पैसाले सोही ठाँउका मृगौला पीडित राम प्रसाद जैशीलाई पनि रु २००० आर्थिक सहयोग गरेकी थिईन् । उनले अाफ्नै बारीमा वेमाैसमी फलफुल तथा तरकारी पनि फलाउने गरेकी छन ।
बाजुराको एक कुशल युवा महिला उद्दमीको रुपमा चिनिने मिजार कृषि सम्वन्धी तालिम दिने काम पनि गर्छिन । यसरी आफुले सानै उमेर देखि शुरु गरेको ब्यबशायबाट ८ जना घर परिवारलाई सन्तोष जनक रुपमा खान लाउन पुगेर भाइ बहिनीहरुको पढाइ खर्चमा लगानी लगाएर आफुले केही वचत गरेको पनि लोकतन्त्र विहानी न्युजलाई बताईन ।