बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा जथाभावी बिद्युतको पोल,टेलिकमको पोल रुख वा घरको छतबाट आकाशमा लगेका पाइपहरुलाई तत्काल जमिन मुनि गाडेर लग्न सबै ग्राहकलाई बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आग्रह गरेको छ । कार्यालयले एक सुचना जारी गर्दे जथाभावी यत्रतत्र छारिएर आकाशमा लगेका खानेपानीका पाइपहरु तत्काल हटाई जमिनमा गाडेर लग्न कार्यालयले आग्रह गरेको छ । जथाभावी आकाशमा लगिएका खानेपानीका पाइप लाइनहरुले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै सदरमुकाम मार्तडीको वातावरण पनि अब्यबस्थित देखिएका कारण उक्त समस्या समाधान गर्न कार्यालयले सुचना जारी गर्दे सबै ग्राहक महान भावहरुमा पाइपलाइन जमिनमा गाडेर लग्न अनुरोध गरेको छ ।
यदि सुचनाको कसैले अबेज्ञा गरी मनोमानी गरेको खण्डमा खानेपानीको पाइप लाइन काटिने पनि जनाइएको छ । साथै सो काटिएको लाइन पुन मर्मत गर्न एक हजार जरिवाना शुल्क लाग्ने पनि सुचनामा भनिएको छ । बजारलाई ब्यबस्थित बनाउन तथा खानेपानीलाई दिगो बनाउन सबैले पानीका पाइपलाइनहरु जमिनमा गाडेर लग्न बिनम्र अनुरोध गर्दछौ ब्यबस्थापक कर्ण बहादुर रावलले हस्ताक्षेरित गरीएको सुचनामा भनिएको छ ।
सुचना यहाँ रहेको छ ….