गोबिन्द्र राज तिमिल्सेना,बाजुराः शिक्षा विकाश तथा समन्वय इकाई बाजुराले फिडर छात्रावास छात्रवृतिका लागी निवेदन पेश गर्न आग्रह गरेको छ । कार्यालयले एक सुचना जारी गर्दे कक्षा ८ पास गरी योग्यता पुगेका छात्राहरुले फिडर छात्रावास छात्रवृतिको लागी निबेदन पेश गर्न आग्रह गरेको हो ।
शिक्षा बिकाश तथा समन्वय ईकाइ डोटीको चलानी नं ७८८ मिति २०८१ बैशाख ९ गतेको पत्रअनुसार श्री पद्म पब्लिक मुक्तिनारायण माध्यामिक बिद्यालय दिपायल सिलगढी नगरपालिका ६ सिलगढी डोटीमा संञ्चालनमा रहेको महिला फिडर छात्रावासमा रिक्त रहेको दुई जना कोटामा बिद्यार्थी आबश्यक परेको हुँदा जिल्ला बाजुराबाट बिद्यार्थी माग भएकोले जिल्ला बाजुरामा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा ८ उत्तिर्ण गरेका इच्छुक छात्राहरुले निवेदन पेश गर्न सुचनामा भनिएको छ ।
कक्षा ८ पास गरेका इच्छुक छात्राहरुले निबेदन,सम्बन्धित बिद्यालयको सिफारिस,कक्षा ८ उत्तिर्ण गरेको ग्रेडसिट प्रमाणपत्रको प्रतिलिपि,जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,सम्बन्धित वडाकार्यालयको सिफारिस सहित मिति २०८१ बैशाख १३ गतेसम्म कार्यालय समयभित्र यस ईकाइ कार्यालयमा बुझाउन पनि सुचनामा भनिएको छ । समयमै इच्छुक छात्रा बिद्यार्थीहरुले सम्पुर्ण कागजात सहित निबेदन पेश गर्न आग्रह गरीएको छ । समयावधि पछाडी आएको खण्डमा कार्यालय जवाफदेहि नहुने निमित्त ईकाइ प्रमुख गोपाल दत्त पाण्डयेले हस्ताक्षेरित गरेको सुचनामा भनिएको छ ।
सुचना यहाँ रहेको छ …












