बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकामा नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत सुत्केरी तथा गर्भवती लाई पोषण सामाग्री बितरण गर्ने कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । पालिकामा कोहि गर्भवती तथा सुत्केरी महिला छन् भन्ने थाहा पाउने बितिक्कै नगर उपप्रमुख माया कुँवर खड्का सुत्केरी तथा गर्भवतीको घर दैलामा पूग्ने गर्नुभएको छ ।
पालिकामा रहेका सुत्केरी महिला तथा गर्भवतीलाई कोसेलीमा १ क्यारेट अण्डा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र फलफूल साथमा लगेर उपप्रमुख सुत्केरीको घरदैलोमा जानुहुन्छ । उपप्रमुख खड्काले पाँच छ दिनभित्रै
नगरपालिकाको १,२ र ३ वडाका १ सय ३० जना सुत्केरी तथा गर्भवतीलाई कोसेली प्रदान गर्नुभएको छ । पालिका भरीका १० वटै वडाका ५ सय ७५ सुत्केरी तथा गर्भवती महिलालाई सुत्केरी तथा गर्भवती महिलाहरुलाई बितरण गरीने बताइएको छ ।
नगर उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत सुत्केरी,गर्भवतीलाई कोसेली बाड्नुका साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि उपप्रमुख खड्काले छलफल गर्नुहुन्छ र सिकाउनुहुन्छ । ,बुढीगंगा नगरपालिका–१ वडाको स्वास्थ्य चौकीबाट वितरण सुुरु गरिएको नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम’ अन्तरर्गत पोषण कोसेली वितरण कार्य अहिले पनि जारी रहेको छ ।