बाजुरा- पुर्व प्रधानमन्त्रि समेत रहेका तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली आउँदो जेठ १ गते बाजुरा सदरमुकाम मार्तडीमा आउने भएका छन् । नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिवेशनको उद्धघाट गर्न वली बाजुरा आउँन लाग्नुभएको हो । आँउदो जेठ १ गतेदेखि ३ गतेसम्म नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिवेशन जिल्ला सदरमुकाम मार्तडीमा हुदैछ । त्यसैको सम्बोधन तथा उद्धघाटन गर्न वली बाजुरा आउने भएका हुन ।
एमाले बाजुराले बेलाबेला मिति सार्दे चैत्र २१ गते बसेको जिल्ला कमिटि बैठकले जेठ १ देखि ३ गतेसम्म जिल्ला अधिवेशनको मिति तोकेको थियो । जसको उद्धघाटनका लागी अध्यक्ष वलीलाई निमन्त्रणा गर्ने निर्णय समेत गरीएको थियो । अध्यक्ष वलीलाई प्रत्यक्ष भेटेर जेठ १ गते हुने जिल्ला अधिवेशनको उद्धघाटनको लागी आज औपचारीक रुपमा निमन्त्ररणा गरीएको एमाले बाजुरा अध्यक्ष भरत थापाले जानकारी दिनुभएको छ ।