
बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकाले नवौं नगरसभाबाट बजेट ल्याएको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि ५० करोड ६५ लाख ७७ हजार बजेट नगर उप प्रमुख कविता विष्टले सभामा प्रस्तुत गरेकी छन् ।
नगर उप प्रमुख विष्टले चालु तर्फ २८ करोड ९२ लाख र चालुतर्फ २६ करोड ५८ लाख २८ हजार विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
उप प्रमुख विष्टले गरेको बजेट व्यक्तव्यमा आर्थिक वर्ष ०७७/०७८ मा चालुतर्फ २७ करोड ६ लाख ५९ हजारमा १६ करोड ५ लाख ८७ हजार खर्च भएको देखाएको छ । भने पुजिगततर्फ २० करोड ८ लाख १८ हजार १०१ रुयैया विनियोजन गरिएकोमा १० करोड ६ लाख ७३ हजार मात्र खर्च भएको बजेट व्यक्तव्यमा उल्लेख छ ।
यो आर्थिक वर्षका लागि नगर उप प्रमुख विष्टले आर्थिक विकास क्षेत्रमा एक करोड ५८ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाको समृद्धीका लागि कृषितर्फ ७० लाख ७० हजार बजेटको व्यवस्था गरिएको छ ।
यस्तै सामाजिक क्षेत्रमा २५ करोड ३ लाख,पुर्वाधार विकास क्षेत्रमा एक करोड ८६ लाख,वातावरण तथा विपद व्यवस्थापनमा एक करोड ९१ लाख ६६ हजार बजेट विनियोजन गरिएको छ ।
सभामा उप प्रमुखले सुशासन तथा संस्थागत विकासको नतिजामुखी जनताको शासन जनमैत्री प्रशासन अभियानमा ९ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुखले ल्याएका निती तथा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बजेटको व्यवस्था मिलाइएको नगर उप प्रमुख कविता विष्टले बताएकी छन् ।