बाजुराः नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले झोलुङ्गे पुलको उद्धघाटन गरेका छन् । जिल्लाको गौमुल गाउपालिकाको वडा नम्बर ३ वडा कार्यालय माझपाली देखी धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुलको थापाले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।
धल्काँडा ,मासपाली जोड्ने २६० मिटर लामो अजय खोला माथि बनेको उक्त झोलुङ्गे पुलको निमार्ण कार्य सम्पन्न गरी आज थापा द्धारा उद्धघाटन गरीएको गौमुल गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयले जनाएको छ । थापा द्धारा रिवन काटेर उक्त पुलको उद्धघाटन गरीएको हो । स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय धनगढी कैलालि” को लगानी तथा प्राविधिक सहयोगमा उक्त पुल निमार्ण गरीएको थियो । करिब १ सय ७० मिटर अग्लो उक्त झोलुङ्गे पुल निर्माणका लागी वि.सं २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि.निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य जिम्मा लिएको थियो ।
उक्त झोलुङ्गे पुलको निमार्ण सम्पन्न गरी आज एक कार्यक्रमका बिच निर्वतमान प्रतिनिधि सभा सदस्य थापाले उक्त पुलको उद्धघाटन गरेका हुन् । उद्धघाटन संगै पुल सञ्चालनमा आउँदा स्थानिय खुसी भएका छन् । साथै उक्त पुलले धल्काँडा,पाते,गर्जे लगायत अन्य ठाउँका स्थानियलाई पनि निकै सहजता मिल्ने भएको छ ।