चिरञ्जिवी खड्का बाजुरा: यस वर्ष जेठ र असारकाे बिचमा निकैनै पानी परेकाेले जिल्लाका अधिकाँश ठाँउहरुमा राेपाई सकिएकाे छ । बाजुरामा प्राय जेष्ठ महिना सुरु हुनासाथ राेपाई पनि सुरु हुन्छ । कुलाे लाग्ने ठाँउमा जेष्ठमा राेपाई हुने भएता पनि असार सकि सक्दा सम्म पनि राेपाई वाँकि नै रहन्थ्याे यश बर्ष पानी परेकाेले अाकासे पानीकाे भरमा अधिकाँस ठाँउमा राेपाई सकिएकाे हाे ।
जिल्लाका अधिकाँश पाखाे जमिनमा गरिने राेपाई यस वर्ष अाकासे पानीले नशे सम्मपन्न भैसकेका छन । बाजुरामा बिगतमा जस्तै यश वर्ष समयमा नै राेपाई कार्य सकिएकाेले अाफुले केही राहत पाउने कृषकहरुकाे अासा रहेकाे छ । जिल्लाकाे पुर्वि उत्तरी भेगमा पनि अाकासे पानीकाे भरमा नै याे बर्ष राेपाई सकिएकाे छ ।
जिल्लाका गाैमुल,हिमाली,सयको वामिकार्तिक खापर, खप्तड छेडेदह र जगन्नाथ गाँउपालिकामा राेपाई असाढ नसकिदा सम्म सम्भव हदैन थिए भने यश वर्ष असाढकाे पहिलाे हप्तामै प्राय अधिकाँश ठाँउहरुमा राेपाई सकिएकाे छ । जिल्लाका बडीमालिका,त्रिवेणी, बुढीगँगा र बुढी नन्दा
नगरपालिकामा अली कुलाे लाग्ने र खेतियाेग्य जमिन भएका ठाउँ हुनाले यी पालिकाहरुमा जेष्ठबाट राेपाई सुरु भएर असाढ पहिलाे सातामा सधै सम्पन्न हुने गर्थ्याे । तर यस बर्ष भने जेष्ठ महिनामै वर्षादकाे पानीले प्राय ठाँउहरुमा राेपाई सम्पन्न गरिएका छन । बाजुरा जिल्ला हिमाली भेगमा नै पर्ने जिल्ला भएकाेले केही ठाँउमा भने साउन महिना सम्म पनि रापाई गर्ने गरिन्थ्याे ।